Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • भरिन लाग्यो कुलेखानी ड्याम, उच्च सतर्कता अपनाउन आग्रह


    आइतबार, असोज ११ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह बढेको छ।

    आइतबार बिहान ९ बजेको मापनअनुसार यहाँ पानीकाे सतह १ हजार ५२६ मिटर पुगेको छ।

    कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार जलाशयमा पानीको सतह अब एक मिटर बढेर १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ।

    वर्षा निरन्तर भइरहेकाले जलाशयमा पानीको सतह थप बढ्न सक्ने भन्दै केन्द्रले सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ।

    जलाशयको पानीको सतह चेतावनी तहभन्दा एक मिटर मात्रै तल रहेकाले कुलेखानी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

    नदी, खोला तथा जलाशयको तल्लो क्षेत्रमा रहेका नागरिकले जोखिमको अवस्था हेरी आवश्यक सुरक्षा सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ।

    कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि साइरन बजाएर पहिलो चरणको चेतावनी दिने जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार