Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन बेपत्ता


    आइतबार, असोज ११ २०८३
    230
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पाल्पाको छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् ।

    पाल्पाको माथागढी गाउँपालिका-२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदीको मृत्यु भएको हो।

    पहिरोले पुरिएर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि स्वास्थ्यचौकी पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको वडाध्यक्ष वोमबहादुर ठाडामगरले जानकारी दिए ।

    पहिरोले घर पुरिने समयमा चिदीकी श्रीमती भने शौच गर्न गएका कारण सकुशल रहेको उनले बताए ।

    अविरल वर्षाका कारण पहिरोले माथागढी गाउँपालिका-३ भैसक्ट्टामा दुई घर पुरिएको छ । पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    लिलबहादुर घर्ती मगरको घरमाथि आइतबार बिहान करिब साढे ४ बजे खसेको पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएको प्रहरीले जनाएको छ।

    वडा अध्यक्ष तेजबहादुर घर्तीमगरका अनुसार पहिरोमा परेकाको उद्धारका लागि जनप्रतिनिधि, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार