Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो


    मंगलबार, असोज ६ २०८३
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नेपालगञ्ज । नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत (हाल नेपालगन्ज) देशभरका २० वटा गणमध्ये सर्वोत्कृष्ट भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको मासिक कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत (हाल नेपालगन्ज) देशभरका २० वटा गणमध्ये सर्वोत्कृष्ट भएको हो ।

    प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरको कमाण्डमा रहेको विशेष सुरक्षा गण भदौ महिनाको कार्यसम्पादन मूल्यांकनमा देशभरमै पहिलो हुन सफल भएको हो ।

    प्रहरी प्रधान कार्यालयले मातहतका गणहरूको कार्यसम्पादनका आधारमा प्रत्येक महिना मूल्यांकन गर्दै आएको छ । भदौ महिनाको मूल्यांकनमा विशेष सुरक्षा गणले २० वटा गणलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो ।

    एसपी कुँवरको नेतृत्वमा रहेको गणले प्रहरी संगठनले तोकेको जिम्मेवारी तथा कार्यसम्पादनका आधारमा उत्कृष्ट नतिजा हासिल गरेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार