Nepal Face
  • सोमबार, ५ असोज २०८३
  • त्रिपुरेश्वर बस आगलागी घटना: एसएसपीको नेतृत्वमा छानबिन समिति गठन


    सोमबार, असोज ५ २०८३
    50
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। त्रिपुरेश्वरमा बसमा आगजनी गरी चालक समेत घाइते भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ।

    ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक दावा लामाले बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी गरेको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको हो।

    कार्यालयका एसएसपी रमेशकुमार बस्नेतको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो। यस समितिमा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रतिनिधिहरू सहभागी छन्।

    समितिले आजैदेखि काम थालेको डिआइजी गोविन्द थपलियाले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार