Nepal Face
  • सोमबार, ५ असोज २०८३
  • बाढी प्रभावित बालबालिकाका लागि चीनको १ करोड १० लाख सहयोग


    सोमबार, असोज ५ २०८३
    50
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रूपैयाँ सहयोग गरेको छ ।

    नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे ।

    चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास जनाए ।

    राजदूत चाङले नेपालको सुख-दुःखमा चीन सदैव साथमा रहने बताउँदै बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार