काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको ५ महिना बितिसकेको छ । तर सुशासन होइन, झन् बढी भ्रष्टाचार बढ्दै गएको छ । प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारमा भ्रष्टाचार गरेका तथ्यसहित उजुरी दिंदा पनि मन्त्रीहरुले नै आरोपीलाई संरक्षण गरेपछि आमनागरिकमा यो सरकारप्रति झन् बितृष्णा उत्पन्न हुन थालिसकेको छ ।
२०८२ भदौ २३ र २४ गते जेनजी युवाले सञ्चालन देशमा भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाएका थिए । तर त्यो आवाज अनुसार भ्रष्टाचार नियन्त्रणका दिशामा कुनै ठोस काम हुन नसकेकोमा नागरिकहरु असन्तुष्टि प्रकट गर्न थालेका छन् ।
यसैक्रममा लुम्बिनी प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय, रुपन्देहीमा भएको भ्रष्टाचारका बारेमा पटक–पटक हेल्लो सरकारमा उजुरी दिंदा पनि कारबाही नभएको गुनासो नेपालफेसलाई प्राप्त भएको छ ।
सहरी विकास तथा भवन कार्यालय, रुपन्देहीका कार्यालय प्रमुख अनन्तकुमार देव (२०८३ साउन २१ गते बाँके सरुवा) ले गम्भीर आर्थिक अनियमितता तथा भ्रष्टाचार भइरहेकोबारेमा उजुरी गर्दा पनि सुनुवाइ नगरी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले संरक्षण गरेको आरोप लागेको छ ।
हेलो सरकारमा पहिलो उजुरी २०८३ भदौ ८ मा रविन केसीको नाममा परेको थियो । सामान्यतया हेलो सरकारले २–३ दिनमा सम्बन्धित पत्रलाई आवश्यक निकायमा पठाउँछ र अगाडिको कारबाही अगाडि बढाउँछ । तर सहरी विकास तथा भवन कार्यालय, रुपन्देहीमा भएको अनिययमतताको उजुरीमा भने पत्र २ हप्तासम्म हेलो सरकारमा नै राखियो । र, पछि संघीय सरकारको पूर्वाधार मन्त्रालयलाई पठाइयो । पत्रमा स्पष्टरुपमा रुपमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन कार्यालय रुपन्देही लेखिएको छ । सामान्यतया प्रदेश मन्त्रालय वा मुख्यमन्त्रीलाई कारबाहीका लागि हेलो सरकारले पत्र पठाउनुपर्ने थियो ।
प्रदेश सरकारलाई किन नपठाउनुको कारण सहरी विकास तथा भवन कार्यालय, रुपन्देहीका कार्यालय प्रमुख अनन्तकुमार देव र संघीय सरकारका पूर्वाधार मन्त्री सुनिल लम्साल कालिका कन्ट्रक्सनमा काम गर्दादेखिको गहिरो सम्बन्ध नै भएको खुलासा भएको छ । हालसम्म पनि हेलो सरकारले उक्त उजुरीमा कारबाही अगाडि नबढाउनुमा मन्त्री लम्साल नै कारक रहेको स्रोत बताउँछ ।
दोस्रो पटक संजीव ठाकुरले २०८३ भदौ २२ गते सबुतहरु नष्ट हुनसक्ने भन्दै निवेदन दिंदा समेत हेल्लो सरकारबाट समेत कुनै पहल हुन नसकेको गुनासो नेपालफेसलाई प्राप्त भएको छ । तर छानबिन नै नगरी उनलाई अर्को आकर्षक सहरी विकास तथा भवन कार्यालय बाँकेमा सरुवा गरिएको छ । उनी भदौ १३ गते रमाना लिएर रुपन्देहीबाट बाँके गइसकेका छन् ।
यस्ता छन् अनिययमतता
वर्तमान सरकारले गठन हुनासाथ कुनै कार्यालयमा भ्रष्टाचार भएमा कार्यालय प्रमुख नै प्रमुख जिम्मेबार रहने निर्णय गरेको थियो । तर सहरी विकास तथा भवन कार्यालय, रुपन्देहीका प्रमुख अनन्तकुमार देवले लोकसेवा आयोग उत्तीर्ण गरी स्थायी नियुक्ति लिएका इन्जिनियर तथा सब–इन्जिनियरहरूलाई आयोजनाको लागत अनुमान, डिजाइन/नक्साका साथै स्थलगत अनुगमन र सुपरीवेक्षण गर्न नदिई उनीहरूलाई जिम्मेवारीविहीन बनाएका थिए ।
आफ्नो पदको दुरुपयोग गर्दै उनले इन्जिनियर तथा सब–इन्जिनियरहरूलाई जिम्मेवारी नदिई मस्टर रोल (अस्थायी, करार वा ज्यालादारी) कर्मचारीलाई साइटको सम्पूर्ण जिम्मेवारी लागत अनुमान, डिजाइन/नक्साका साथै स्थलगत अनुगमन र सुपरीवेक्षणको जिम्मा दिने गरेको आरोप छ । लोकसेवा पास गरेर आएका इन्जीनीयरहरुले कार्यालय प्रमुख देवको सेटिङ र आर्थिक चलखेललाई साथ नदिने भएपछि मस्टर रोलका कर्मचारीलाई सम्पूर्ण जिम्मा दिइएको हेल्लो सरकारमा परेको उजुरीमा उल्लेख छ । लोकसेवा पास गरेर आएका कर्मचारीहरुले मापदण्डविपरीतको कार्य नगर्ने हुनाले उनीहरुलाई जिम्मेवारीबाट सीमित गरेर राखिएको छ ।
तिनै मस्टरोलमा राखिएका कर्मचारीमार्फत् ठेकेदारबाट बिल रकमको करिब (साइट बिल)को ३ देखि ५ प्रतिशत र कोटेसनवापत २० प्रतिशत रकम कमिसनका उठाउने काम भएको थियो । देवको निर्देशनमा निर्माण व्यवसायीलाई पनि सो रकम दिन बाध्य पारिएको उजुरीमा उल्लेख छ ।
कार्यालय अन्तर्गत सञ्चालित विभिन्न साइटबाट गरी करिब रु. ३ करोड ५० लाखसम्म कमिसन असुल गरिएको उजुरीमा उल्लेख छ । त्यसैले अस्थायी र दैनिक ज्यालादारी कर्मचारीबाट गरिएका साइटहरुको बिल भुक्तानी विवरण, बैंक कारोबार तथा साइटसम्बन्धी सम्पूर्ण कागजातको छानबिन गर्नुपर्ने माग उजुरीकर्ताले गरेका छन् ।
डीई देवले गैरकानुनी रूपमा आर्जन गरिएको रकम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट जोगाउन सासू, ससुरा, साली, साला, साढुभाइ, भतिजा, छोराछोरी तथा नक्कली रूपमा नियुक्त गरिएका मस्टर रोलका कर्मचारीहरूको खातामा जम्मा गरिएको उजुरीमा उल्लेख छ, यसको छानबिन अख्तियारमार्फत् गर्नुपर्छ ।
साथै देवले भारतमा रहेका आफ्ना नातागोताको नाममा हुन्डी मार्फत् पैसा पठाएको हुदाँ उनलाई सम्पत्ति शुद्धीकरण विभागमार्फत् एउटा बिशेष टोली गठन गरी छानबिन गरी सो रकम नेपाल सरकारको खातामा फिर्ता ल्याउन अति आवश्यक रहेको उल्लेख छ ।
देवले इन्जिनियरिङ सेवामा प्रवेश गर्दा निजामती किताबखानामा पेस गरेको सम्पत्ति विवरण र हालको सम्पतिबीच अस्वाभाविक भिन्नता देखिएकाले उजुरीमा छानबिन गर्न माग गरिएको छ । हाल देवका काठमाडौंमा घर तथा मधेश प्रदेशका विभिन्न ठाउँमा जग्गाजमिन घरलगायत सम्पत्ति श्रीमती, छोरा छोरी तथा जग्गा आफ्नो नातागोताको नाममा रहेको, हालको सम्पत्ति पहिलेको तुलनामा अत्यधिक बृद्धि भएकाले सो को विस्तृत छानबिन हुनुपर्ने माग गरिएको छ ।
देवले अस्थायी, ज्यालादारी कर्मचारीका नाममा समेत सम्पत्ति लुकाएको उजुरीमा उल्लेख छ । ती कर्मचारीको नाममा आ.व. ०८२/०८३ मा भएको आम्दानीको विवरण हेरे पनि धेरै कुरा खुल्ने उल्लेख छ ।
दैनिक ज्यालादारी कर्मचारीहरूमार्फत् समेत करिब ३ देखि २० प्रतिशत कमिसन असुल भइरहेको तथा अस्थायी तथा दैनिक ज्यालादारी कर्मचारी नियुक्ति, गाडी मर्मत, मसलन्द खरिद प्रक्रियामा समेत अनियमितता गरेको उल्लेख छ ।
देवले अस्थायी तथा दैनिक ज्यालादारी कर्मचारीहरुबाट काम गराउनुको मुख्य उद्देश्य भनेको कमशल गुणस्तरको काम गराई जसरी पनि पैसा कमाउनु रहेको उल्लेख छ ।
ज्ञण्। जुन बजेट लुम्बिनी प्रदेश प्रदेश सहरी विकास तथा भवन कार्यालय, रुपन्देहीमा खर्च गरेर अनन्त देवले ३ करोड ५० लाख भन्दा माथि कमाई गरेका छन त्यो बजेट राज्यको पैसा हो निजले आफ्नो घरखेत जमिन बेचेर ल्याएको होइन ? यो कुरा बालेन सरकारले बुझिदिनु पर्यो ।
हेल्लो सरकार र सरोकारवाला निकायले स्वतन्त्र तथा निष्पक्ष छानबिन गरी सम्बन्धित कार्यालयका ठेक्का सम्झौता, बिल, भुक्तानी विवरण, मस्टर रोल, कर्मचारी विवरण, बैंक कारोबार तथा सम्पत्ति विवरण परीक्षण गर्न पनि माग गरिएको छ ।
सहरी विकास तथा भवन कार्यालय रुपन्देहीबाट बाँकेको प्रमुखमा सरुवा भई २०८३ भदौ १३ गते रमाना लिएर गएका डिई अनन्तकुमार देवसँग रुपन्देहीमा हुँदा गरेको अनियमितता र हेल्लो सरकारमा परेको उजुरीका बारेमा प्रतिक्रियाका लागि ९८५८०…मा पटकपटक फोन गर्दा सम्पर्क हुन सकेन । उनको प्रतिक्रिया प्राप्त भम्एमा उचित स्थान दिने नै छौं ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend