Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • धनकुटाबाट १ हजार २४० किलो गाँजासहित ट्रक नियन्त्रणमा


    बुधबार, भाद्र २४ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ ।

    कोशी लोकमार्गमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्ने क्रममा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए ।

    ट्रक शंकास्पद लागेपछि चेकजाँच गर्दा ट्रकभित्र लुकाइराखेको अवस्थामा गाँजा फेला परेको हो । फरार ट्रक चालकको खोजतलास गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार