सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
भदौ २२ गते जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, बीउबिजन, कस्मेटिक सामग्री, पेय पदार्थ, मदिरा तथा इन्धन बरामद गरिएको हो।
त्यस्तै, सीसी क्यामेरा, मनिटर, हार्डड्राइभ, कीटनाशक विषादी र पानी तान्ने मोटर लगायतका सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामानको कुल मूल्य रु। १५ लाख ५६ हजार ५ सय ७५ रहेको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा नियमानुसार दाखिला गरिएको नं। ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ। एसपी सुमनजंग थापाको कमाण्डमा सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी, गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend