सुयोग शर्मा
भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव कतै समन्वयको अभाव ।
१. पाम्समा देखिएको समस्या : पहिला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इएलएम आइएस मार्फत् आफ्नो जिन्सी सामग्रीहरुको ब्यवस्थापन गर्दै आएको थियो । महालेखा नियन्त्रक कार्यालयको निर्णय अनुसार पाम्स सफ्टवेयर प्रयोगमा ल्याउन अनिवार्य गरियो तर पाम्समा सबै मेडिकल आइटम देखिँदैनन् ।
अझ बिपदको समयमा दातृ सहयोगी निकायले दिएका औषधि र स्वास्थ्य सामग्रीले बिपद ब्यबस्थापन गर्नुपरेको छ । सफ्टवेयर प्रणालीले लिँदैन । दाखिला हस्तान्तरण फारम नबनाई बितरण गर्न पाइँदैन । बिपद प्रभावित जिल्लामा पाम्स चलाउने जनशक्तिको अभाव छ । बिद्युत र इन्टरनेट सेवा छैन । कसरी बिपद ब्यवस्थापन गर्ने भन्नेबारेमा संकटको समयमा नीति निर्माताहरुलाई मतलब छैन ।
२. सब ब्यवस्थापनमा समस्या : नेपालका अस्पताल, मेडिकल कलेज, संघीय ठूला अस्पतालहरुमा फरेन्सिक बिभाग, त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी जहिले पनि छायाँमा पर्ने स्रोत साधनको अभाव हुनेगरेको छ ।
अस्पतालहरुमा पर्याप्त सब सुरक्षित राख्ने फ्रिजहरु पनि छैनन् । चितवनमा दुईवटा मेडिकल कलेज, भरतपुर अस्पताल, चितवन क्यान्सर अस्पताल भएता पनि पर्याप्त सव सुरक्षित राख्ने फ्रिजहरु नभएको पाइयो । चिकित्सा शिक्षा आयोगले पनि मेडिकल कलेजहरुको पर्याप्त अनुगमन नियमन गरेको देखिएन ।
दुइवटा मेडिकल कलेजमा सब सुरक्षित फ्रिज नहुनु चरम लापरबाही हो । एउटा मेडिकल कलेजसँग ५० वटा सब सुरक्षित राख्ने फ्रिजसमेत नहुनुले ती कलेजको अनुगमन गर्ने मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगको नियमनमाथि नै प्रश्न उठेको छ । हाम्रोजस्तो बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आइरहने देशमा सब सुरक्षित राख्ने फ्रिज त हरेक ठूला मेडिकल कलेज वा अस्पतालसँग हुनुपर्ने होइन र ? कतिसम्म भने डेथबडी ब्यागसमेत ब्यवस्थापन गर्न दातृ निकायको भर पर्न बाध्य बनायो ।
३. तीनै तहका सरकारबीच सबैतिर समस्या : महामारीको समयमा स्वास्थ्य सेवाको एक कमान्ड कन्ट्रोल हुनुपर्ने तीन तहका सरकार आफ्नै हिसावले चलेका छन् । समन्वय अभाव देखिएको छ ।
बिपद प्रभावित क्षेत्रमा चितवनको भरतपुर अस्पतालमात्र संघीय सरकारको मातहत रहेको छ । जिल्लामा रहेका स्वास्थ्य कार्यालय, अस्पतालहरु सबै प्रदेश सरकार मातहत रहेका छन् । आधारभूत अस्पताल स्वास्थ्य चौकीलगायतका स्वास्थ्य निकायहरु स्थानीय सरकारको मातहत रहेका छन् । कतिपय स्थानमा संघ, प्रदेश र स्थानीयबाट पर्याप्त सामग्री पुगेको छ भने कतिपय स्थानमा पुगेको छैन । तीन तहका सरकारबीच समन्वय सहकार्य गर्ने कुनै संयन्त्र छैन । संबिधानमा सहकारिता सहअस्तित्व समन्वयको ब्यवस्था भएता पनि सो सम्बन्धी स्पष्ट ऐन नबनेको हुँदा बिपदको समयमा स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएको छ ।
४. मिडिया ब्यवस्थापन : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको मिडिया ब्यवस्थापनमा पनि त्यत्तिकै समस्या छ । कोभिडको समयमा हालका स्वास्थ्य सचिव डा. विकास देवकोटाको प्रवक्ताको भूमिका उल्लेखनीय थियो । उहाँ त्यही मन्त्रालयको सचिव भएर नेतृत्व लिँदा मिडियासँग समन्वय संचार प्रभावकारी देखिएको छैन ।
सूचना अधिकारी प्रवक्ता जिम्मेबारी लिन कोही तयार हुँदैनन् । हालै यशोदा अर्यालले प्रवक्ताको जिम्मेवारी लिए पनि उहाँले पनि लामो समय लिन चाहनुभएन । स्वास्थ्य सेवा विभागमा उपसचिवलाई सूचना अधिकारी तोकिएको हुन्छ तर सूचना प्रवाह ब्यवस्थित छैन । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रलाई पनि सूचना प्रवाहको भूमिका प्रदान गरिएको छ तर नियमित संचार समन्वय अन्तरक्रिया गरेको पाइँदैन ।
५. स्वास्थ्य आपतकालीन इकाई एचीओसी : नेपालमा बिपदपश्चात् स्वास्थ्य सेवामा पूर्वतयारी गर्नुपर्दछ भन्ने अनुभव दशरथ रंगशालामा भएको घटना तत्पश्चात वीर अस्पतालमा देखिएको समस्याबाट केही पाठ सिकिएको हो । २०७२ मा भूकम्पपश्चात् स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य आपतकालीन इकाइ गठन भयो । कोभिडकालमा पनि त्यसको सकारात्मक नतिजा रह्यो । विगतका बर्षहरुमा तालिम गोष्ठीमा कृत्रिम अभ्यासमा मात्र समय खेर फालियो ।
विगतमा स्वास्थ्य आपतकालीन निकायका प्रमुख डा. दीपेन्द्ररमण सिंह थिए भने कार्यकारी भूमिकामा डा. प्रकाश बुढाथोकी थिए । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, प्रदीप पौडेलदेखि डा. सुधा शर्माको कार्यकालमा बुढाथोकीले तालिम, गोष्ठी, बिदेश भ्रमणमा एकछत्र रजाइँ गरे । तर अस्पतालहरुमा, स्वास्थ्य संस्थाहरुमा बिपद पूर्बतयारी कमजोर देखियो । दुई शय सब ब्यबस्थापन गर्ने डेथबडी ब्यागसमेत स्टकमा नभएको अवस्था देखियो । स्वास्थ्य सामग्री, औषधि, जनशक्ति लगायतको पूर्वतयारी अत्यन्त कमजोर देखियो ।
६. करार कर्मचारी ब्यवस्थापन : स्वास्थ्य सेवाका संघ, प्रदेश, स्थानीय, खोप, प्रसूति, बर्थिङ सेन्टर, विकास समिति लगायत सबै निकायमा करार, ज्यालादारी लगायतका स्वास्थ्यकर्मीहरुबाट सेवाप्रवाह हुँदैआएको छ । नेपाल सरकारको समय समयका परिपत्र र निर्णयबाट अन्यौलता आउने गरेको छ । स्वास्थ्य सेवामा खोप, कोल्डचेन भारबाहक लगायतका नियमित काम, बिपदको समयमा चौबीस घन्टा काम गर्ने कर्मचारीहरुको समयमा करार नवीकरण नहुँदा सेवा प्रवाहमा कठिनाई भएको छ ।
७. खरिद योजना समयमा स्वीकृत नहुनु : खरिद योजना समयमा स्वीकृत हुनसकेको छैन भने ब्यवस्थापन महाशाखाको नेतृत्व परिवर्तन हुँदा बिपदको समयमा आवश्यक सामग्री खरिदमा कठिनाईसमेत हुन गयो ।
८. सरकारको ब्यवस्थापकीय कमजोरी : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको भन्दा पनि समग्र नेपाल सरकारको ब्यवस्थापकीय कमजोरी रहेको छ । नेपाल सरकारले संघीय अस्पतालहरु न्यूनतम ५ सय शैयाको हुने मापदण्ड बनाएको छ । तर सरकारले भरतपुर लगायत अस्पतालहरुको संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन पास गरेको छैन । केन्द्रीय अनुदान सोही बमोजिम पठाइएको छैन । विकास समितिको नामबाट जसोतसो ती अस्पताल चलेका छन् ।
मन्त्रालयमा आउने नेतृत्वलाइ दीर्घकालीन नीतिगत कामभन्दा पनि कसरी भाइरल हुने त्यतातिर ध्यान जान्छ । चिकित्सा शिक्षा आयोगले पनि मेडिकल कलेजहरुलाइ नियमन गर्नसकेको छैन । बिपद आउनु पूर्वतयारी र बिपदको ब्यवस्थापनलगायतका बिषयमा पूर्वाधार बिकासमा ध्यान दिनुपर्नेमा तालिम गोष्ठीमै सबैको ध्यान गएको छ ।
नेपाल सरकार राष्टिय बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय लगायतले आगामी दिनको एकीकृत कार्ययोजना बनाएमात्र काम प्रभावकारी हुनेछ नत्र सबै तदर्थवादमा चल्नेछन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend