काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि, स्वास्थ्य सामग्री तथा जनशक्ति परिचालनलाई तीव्र बनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयले विपदको सुरुवातदेखि नै चौबीसै घण्टा आवश्यक समन्वय र परिचालन गर्दै आएको छ । प्रभावित क्षेत्रको स्वास्थ्य अवस्था र आवश्यकताबारे निरन्तर जानकारी लिँदै तत्काल आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गर्न मन्त्री मेहताले सम्बन्धित निकायलाई निर्देशन दिँदै आउनुभएको छ
।
मन्त्रालयको समन्वयमा ट्रमा सेन्टर, पाटन मानसिक अस्पताल तथा धुलिखेल अस्पतालका चिकित्सकसहितका स्वास्थ्य टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन् । ती टोलीहरूले प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा तथा उपचारमा सहयोग गरिरहेका छन् ।
ठूलो मात्रामा औषधि तथा स्वास्थ्य सामग्री परिचालन
विपदका कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति तथा वितरणलाई प्राथमिकतामा राखिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भारत भट्टराईको समन्वय तथा सहयोगमा ठूलो मात्रामा औषधि स्वास्थ्य सेवा विभागमा उपलब्ध गराई प्रभावित क्षेत्रमा पठाउने कार्यमा सहयोग गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य सेवा विभागले प्राप्त औषधि तथा स्वास्थ्य सामग्रीलाई प्रभावित जिल्लाको आवश्यकता र मागका आधारमा तत्काल परिचालन गरिरहेको छ ।
रसुवा र नुवाकोटमा अत्यावश्यक स्वास्थ्य सामग्री पठाइयो
रसुवा स्वास्थ्य कार्यालयका लागि पठाइएको एन्टीरेबिज भ्याक्सिन (एआरभी) २२० भायल सम्बन्धित स्वास्थ्य कार्यालयले प्राप्त गरी बुझिसकेको छ ।
नुवाकोटका लागि डेड बडी ब्याग २०० थान, पीपीई ४० सेट लगायत ६ किसिमका स्वास्थ्य सामग्री हेलिकप्टरमार्फत् पठाइएको छ ।
त्यस्तै, नुवाकोटका लागि डेंगी किट १,०००, मलेरिया किट १,०००, चोलेरा किट ६०० तथा ५२ किसिमका अत्यावश्यक औषधि स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक हेमराज पाण्डेको समन्वयमा सवारी साधनमार्फत् पठाइएको छ ।
उक्त सामग्री त्रिशुली वारिपारी पुगिसकेको छ भने त्रिशुलीपारी रहेको स्वास्थ्य कार्यालयसम्म सामग्री पुर्याउन प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको छ ।
नवलपरासीमा पनि स्वास्थ्य सामग्री परिचालन
नवलपरासी पूर्वका लागि २०० थान र नवलपरासी पश्चिमका लागि ३०० थान डेड बडी ब्याग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्राप्त गरी प्रहरीको सहयोगमा हवाईमार्गबाट पठाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे प्रतिनिधि सभालाई जानकारी गराउँदै आफू विशेष जिम्मेवारीका साथ सार्वभौम संसद्को रोष्ट्रममा उपस्थित भएको...
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटाले ऊर्जा मन्त्रीको रुपमा प्रदेश...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन्। बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि...
काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको संख्या ११ सय नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend