Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रसुवा बाढी प्रभावितका लागि शैक्षिक परामर्श ब्यवसायीले गरे डेढ करोडभन्दा बढी सहयोग


    आइतबार, भाद्र १४ २०८३
    615
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । शैक्षिक परामर्श ब्यवसायी संघ(इक्यान) र यसका पदाधिकारीहरुले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा राहत र उद्दारका लागि करिब १ करोड ५० लाख आर्थिक सहयोग गरेका छन् ।

    बाढी प्रभावितका लागि शैक्षिक परामर्श ब्यवसायी संघले १५ लाख रुपैयाँ सहयोग गरेको छ । इक्यानका अध्यक्षसमेत रहेका लक्ष्मण पौडेलको संस्था ग्रेस इन्टरनेसनलले २५ लाख रुपैयाँ शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेका छन् । ग्रेसका सहसंस्थापक पौडेलले मन्त्री पोखरेललाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    त्यसैगरी, द नेस्ट एजुकेशनल कन्सलटेन्सीले १० लाख ५१ हजार रुपैयाँ बाढी प्रभावितका लागि प्रदान गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले २० लाख सहयोग दिएको छ । ब्रिज इन्टरनेशनलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ दिएको छ । सिलिकन एजुकेशन नेटवर्कले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बाढी प्रभावित क्षेत्रमा उद्दार र राहतका लागि दिएको छ ।

    यी शैक्षिक परामर्शदाता संस्थाबाहेक अरु करिब १ सयभन्दा बढीले कम्तीमा १२ लाखका दरले बाडी प्रभावित क्षेत्रमा उद्दार र राहतका लागि प्रदान गरेको इक्यान सम्बद्ध ब्यवसायी बताउँछन् ।

    शिक्षामन्त्री पोखरेललाई सहयोग रकम हस्तान्तण गर्दै इक्यानका अध्यक्ष पौडेलले ३० औँ इक्यान डेको अवसरमा विपद् प्रभावित शिक्षा क्षेत्रका लागि मानवीय सहयोग गरेको बताएका छन् ।

    उनले लेखेका छन्–‘नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को गौरवपूर्ण ३० औँ स्थापना दिवस इक्यान डे का अवसरमा आयोजना गरिने कार्यक्रम स्थगित गर्दै, उक्त दिवसका तर्फबाट रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित विद्यार्थी, विद्यालय तथा शैक्षिक संरचनाको पुनःस्थापनाका लागि मानवीय सहयोग प्रदान गरिएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार