काठमाडौं । चीनको हिमताल फुटेर रसुवामा आएको बाढीले सयौं मानिसको मृत्यु भएको र हजारौं नागरिक घरबारबिहीन भएका र हराइरहेका बेला हवाई कम्पनीहरुले भने चर्को भाडा बृद्धि गरेका छन् । रसुवाको टिमुरेदेखि नुवाकोटको बेत्रावती र धादिङका ४० भन्दा बढी मोटरवेल पुल बगाएकाले सडक यातायात अवरुद्ध भएको फाइदा हवाइ कम्पनीहरुले लिन खोजेको आरोप छ ।
राष्ट्रमा महाविपत्ति आएका बेलामा हवाई कम्पनीहरुले दोब्बर तेब्बर भाडा बढाएर लुट मच्चाएको गुनासो सामाजिक संजालमा प्रकट भएका छन् । पत्रकार प्रकृृति अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट काठमाडौँका लागि बुधबार विहानसम्म ६ हजार तीन सय रुपियाँको भाडा अपराह्न हुँदा नौ हजार रुपियाँसम्म पुर्याइएको र यसलाई लुटको संज्ञा दिएका छन् ।
सामाजिक संजालमा अधिकारीले लेखेका छन्–‘हवाई साधनको लूटको प्रमाण यस्तो छः हिजो वुधबार हवाई टिकट लिन लाग्दा सेकेन्ड सेकेन्डमा भाडा बृद्धि भएको देखिएको थियो । भैरहवाबाट काठमाडौँका लागि विहानसम्म ६ हजार तीन सय रुपियाँको भाडा अपराह्न हुँदा नौ हजार रुपियाँसम्म पुर्याइयो । आज बिहीबारको लागि १० हजारसम्मको टिकट दर हिजो हेरेका थियौँ, तर किनिएन ।
अनलाइनमा आजको टिकट सबै बिक्री भएको देखाउँछ । भोलिका लागि टिकट छ र साढे छ हजार रुपैयाँमा किन्न पाइने देखिएको छ । हिजो अपराह्न आठ हजार ६६५ रुपियाँमा टिकट खरिद गरेका थियौँ ।
काठमाडौँ आउने गाडी रोकिएपछि भैरहवा विमानस्थलमा यात्रुको एक्कासी भीड ओइरियो । सोध्दै जाँदा हामीसँग यात्रा गर्नेहरूले झन्डै साढे नौ हजार रुपैयाँमा टिकट लिएका रहेछन् । अस्ति करिब छ हजार तीन सय रुपियाँको हुने, भोलि साढे ६ हजार रुपैयाँको हुने अनि हिजो र आज साढे आठ हजारदेखि १० हजार रुपियाँसम्ममा बिक्री गर्ने । योभन्दा लूटको धन्धा के हुन्छ ? किन एक्कासी दुई दिनका लागि टिकट दर बढाइनुपथ्र्यो ?
इन्धनको मूल्य वृद्धि भएको थियो वा के ? बढाइएको रकमको टिकट बिक्रीपछि टिकटको भाउ बढाउन नपाउने भन्ने विज्ञप्ति जारी गरेर नौटंकी नगरे हन्थ्यो । राज्य खोइ ? प्रमाण हामीहरूका टिकट हुन् । आँट भए कारबाही गरौँ न । यो कुरा सानो होला तर नियतको कुरा ठुलो हो । कतिसम्म उपभोक्तामाथि लूट हुन्छ र राज्य टुलुटुलु हेर्छ भन्ने उदाहरण हो यो ।’

काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्...
चितवन । विपदमा परेका नेपालीको पीडामा साथ दिँदै आएका चितवनका आकाश बन्जाराले भोटेकोशी बाढीपीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका...
नुवाकोट । नुवाकोटमा प्रहरीले नदी किनार तथा आसपासका क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले...
काठमाडौँ । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend