Nepal Face
  • मंगलबार, ९ भाद्र २०८३
  • स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू परिवर्तन, नीति योजनाको प्रमुखमा कर्ण


    मंगलबार, भाद्र ९ २०८३
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले महाशाखा प्रमुखहरुको सरुवा गरेको छ ।

    डा. विवेकलाल कर्णलाई नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ ।

    डा. कर्णले केही समयअघिमात्रै विशेष अदालतबाट मेमोग्राफी खरिद भ्रष्टाचारमा अतिरिक्त सचिव डा. संगीता मिश्रसँगै सफाइ पाएका थिए ।

    अनुगमन महाशाखाका प्रमुख गुणनिधि शर्मालाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्रमुखमा सरुवा गरिएको छ । क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक भुवन पौडेललाई मन्त्रालयमा ल्याइएको छ ।

    गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजको प्रमुखमा डा. रन्जीत झालाई खटाइएको छ । गजेन्द्रनाराणमा कार्यरत डा. वीरेन्द्र मण्डललाई ब्यवस्थापन महाशाखाको प्रमुखमा लगिएको छ । ब्यवस्थापन महाशाखाका प्रमुख केशव पण्डितलाई मन्त्रालयमा ल्याइएको छ ।

    सरुवा भएका स्वास्थ्यका थप केही कर्मचारीहरुको विवरण प्राप्त हुन सकेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार