काठमाडौं । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणको स्वामित्वमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलाम बिक्रीमा संलग्न नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सहित २२ जनाविरूद्ध गएको साउन २७ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भयो । तर स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रुपमा लिलाम बिक्रीमा संलग्न मुख्य पात्र राजेन्द्रभक्त श्रेष्ठलाई मुद्दा दायर नगरी उन्मुक्ति दिइएको छ । श्रेष्ठलाई अनुसन्धानको दायरामा समेत नल्याई उन्मुक्ति दिइएको छ ।
मल ब्यापारी श्रेष्ठको कम्पनीलाई एनसेलका मालिक सतिशलाल आचार्यहरुले स्मार्टसेलको लिलामीमा भाग लिन लगाएका थिए । स्मार्ट टेलिकमको लिलामीमा संलग्न ट्रान्सगेट टेक प्रालि राजेन्द्रभक्त श्रेष्ठ र नरेन्द्र उलकको कम्पनी भए पनि ऊलकलाई मात्र मुद्दा दायर गरी श्रेष्ठलाई उन्मुक्ति दिइएको छ । स्मार्ट टेलिकमको गैरकानुनी रुपमा लिलामीमा संलग्न सर्वेश जोशी पक्राउ पर्नासाथ ऊलक पक्राउ परेका थिए । तर लिलामीमा संलग्न उक्त कम्पनीका मुख्य ब्यक्ति राजेन्द्रभक्तलाई भने पक्राउ पनि गरिएन । र, मुद्दा पनि दायर भएन । शक्तिकेन्द्रमा ठूलो चलखेल भएपछि राजेन्द्रभक्तलाई अनुसन्धानको सूचीमै नराखी उन्मुक्ति दिएको स्रोत बताउँछ ।
एनसेलका संचालक सतिशलाल आचार्य, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका सीईओ ज्योति पाण्डे, नेपाल इन्भेष्टमेन्ट मेगा बैंककै मार्केटिङ अफिसर भाष्करराज जोशी र राजेन्द्रभक्त श्रेष्ठहरुको डिजाइनमा स्मार्ट टेलिकमको लिलाम बिक्री भएको थियो । तर राजेन्द्रभक्त श्रेष्ठलाई जोगाएर सीआईबीले २२ जनाबिरुद्ध मुद्दा दायर गरेको छ ।
स्मार्ट टेलिकम लिलामी प्रक्रियामा दूरसंचार क्षेत्रमा कुनै अनुभव नै नभएका डमी बोलपत्रदाता कम्पनी ट्रान्सगेट टेक र प्रोफेसनल बिजनेस नेटवर्कलाई सहयोग गर्ने बैंककै कर्मचारी भास्करराज जोशी हुन् । राजेन्द्रभक्त श्रेष्ठ र भास्करराज जोशी अति मिल्ने भएकाले यो सबै सेटिङमा उनी प्रत्यक्ष जोडिएका भए पनि उनलाई उन्मुक्ति दिइएकोमा दूरसंचार प्राधिकरणकै कर्मचारी चकित छन् ।
दूरसंचार क्षेत्रमा कुनै अनुभव नभएका ट्रान्सगेट टेक र प्रोफेसनल बिजनेस नेटवर्क कम्पनीहरूलाई एनसेलको सहयोगीका रूपमा खडा गरी न्यून रकम (४२–४४ करोड) को बोलपत्र हाल्न लगाइएको थियो । बोलपत्रमा सहभागी कम्पनीका मुख्य पात्र राजेन्द्रभक्त श्रेष्ठलाई उन्मुक्ति किन दिइयो, कसले दिइयो भन्ने प्रश्न उठेको छ ।
राजेन्द्रभक्त श्रेष्ठसँग सतिशलाल आचार्यको निकट सम्बन्ध रहेकाले उनको कम्पनी स्मार्ट टेलिकमको लिलामीमा सहभागी गराइएको थियो । सतिशलालका अति निकट र स्मार्ट टेलिकम लिलामीमा जोडिएका राजेन्द्रभक्तका बारेमा सीआईबीले पुनः अनुसन्धान गर्नुपर्ने स्रोत बताउँछ । स्रोतका अनुसार राजेन्द्रभक्तका बारेमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले छानबिन गरेमा धेरै तथ्य उजागर हुनेछ ।
को हुन् राजेन्द्रभक्त श्रेष्ठ ?
स्मार्ट टेलिकमको घोटालामा संलग्न भए पनि चलखेल गरी उन्मुक्ति पाएका राजेन्द्रभक्त श्रेष्ठ लामो समयदेखि बिदेशबाट रासायनिक मल भित्र्याउने ब्यापारी हुन् । उनले लामो समयदेखि सेटिङमा नेपालमा कृषि मल भित्र्याउँदैआएका छन् ।
श्रेष्ठले नेपालमा मल ल्याएर किसानहरुलाई सहज रुपमा उपलब्ध नगराई कालोबजारीमा किन्न बाध्य पार्दै आएका छन् । उनीमाथि मल आफैं डम्प गरेर राखी कालोबजारीमा बिक्री बितरण गरी कृषि क्षेत्र तहसनहस पार्दर्औएको आरोप छ । स्मार्ट घोटालामा मुख्य भूमिका भएका राजेन्द्रभक्तका बिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा अकूत सम्पत्ति आर्जनको उजुरी पनि परेको बुझिएको छ ।
कम्तीमा सरकारको ७ अर्ब रुपैयाँ (लाइसेन्स दस्तुर बाहेक) राजस्व बक्यौता असुली गर्न बाँकी रहेको स्मार्ट टेलिकमको सम्पत्ति तथा उपकरण नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत वर्षको असोजमै आफूखुसी गैरकानुनी रुपमा लिलाम बिक्री गरेको थियो ।
काठमाडौं । १८ चैत २०६९ काठमाडौंको गुह्येश्वरीबाट प्रहरीले २ सय २६ केजी रक्तचन्दन बरामद गर्छ । बा १ ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर...
काठमाडौं । कर्मचारी संचयकोषको प्रशासकमा एक महिनाअघि नै तीन जनाको नाम सर्टलिष्ट गरी छनोट समितिले सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयले एक महिनासम्म...
काठमाडौं । स्वास्थ्य सेवा बिभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ०.५ एमएलको १ लाख ९० हजार भाइल एन्टीरेबिज भ्याक्सिन (एआरभी) खरिद गरेको...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधानबिपरीत गठन गरिएको विशालकुमार भण्डारी नेतृत्वको तदर्थ समिति र जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विधानलाई सर्वोेच्च अदालतले खारेज...
काठमाडौं । नापी कार्यालयका प्रमुखहरु स्वयम् प्लटिङ व्यवसायीसँग मिलेर लगानी गर्दछन् भन्ने सुन्दा अचम्म लाग्छ । तर यो वास्तविकता हो । नापी कार्यालयकै प्रमुख र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend