Nepal Face
  • शुक्रबार, ५ भाद्र २०८३
  • सात करोडको एन्टीरेबिज भ्याक्सिन खरिद, सचिव देवकोटाकै सेटिङमा बिशाल पण्डितको कम्पनीलाई ठेक्का


    शुक्रबार, भाद्र ५ २०८३
    4.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य सेवा बिभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ०.५ एमएलको १ लाख ९० हजार भाइल एन्टीरेबिज भ्याक्सिन (एआरभी) खरिद गरेको छ । कुनै पनि खोप डब्लुएचओ प्रीक्वालिफाई हुनुपर्नेमा सम्बन्धित देशको मात्र क्वालिफाई (जीएमपी) भएको एआरभी खरिद गरिएको छ ।

    सेटिङमा स्वास्थ्य उपकरण आपूर्ति गर्दैआएकोे बिशाल पण्डितको समूहको इमराल्ड फर्मा कम्पनीले चीनमा मात्र क्वालिफाई एआरभी खोप स्वास्थ्य सेवा बिभागले खरिद गरेको आरोप छ । ६ करोड ७० लाख रुपैयाँ बराबरको एआरभी खोप पण्डितको कम्पनीबाट खरिद गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नै दबाब दिएको स्रोतको दाबी छ । स्वास्थ्य सेवा बिभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सचिवकै दबाबमा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) प्रीक्वालिफाई नभएको एआरभी खोप खरिदको बोलपत्र स्वीकृत गरी जनस्वास्थ्यमा खेलवाड गरेको आरोप छ ।

    डब्लुएचओ प्रीक्वालिफाई नभएको चिनियाँ कम्पनीको एआरभी खोप खरिदको सेटिङमा मन्त्रालयका सचिव डा. विकास देवकोटा, बिभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचन, ब्यवस्थापन महाशाखा प्रमुख केशव पण्डित र खरिद प्रमुख चेतननिधि वाग्लेको मिलेमतो रहेको स्रोत बताउँछ । औषधि ब्यवस्था बिभागकी निमित्त महानिर्देशक शिवानी खड्गीलाई समेत यो समूहले मिलाएको खुलेको छ । खड्गीले डब्लुएचओ प्रीक्वालिफाई एआरभी खरिद गर्नुपर्ने ब्यवस्था हुँदाहुँदै एकपटकलाई जीएमपी एआरभी खरिद गर्न सहमति दिएको स्रोतको दाबी छ ।

    गएको बैशाख ३० अर्थात् १३ मे २०२६ मा एआरभी खोपको टेण्डर गरिएको थियो । स्रोतका अनुसार टेण्डर सूचना प्रकाशित भएपछि बिशाल पण्डितको बसेरा बुटिक होटलमा मिटिङ राखेर टेण्डर सूचना सार्वजनिक भएपछि सेटिङ गरिएको थियो । र, औषधि ब्यवस्था बिभागबाट पनि डब्लुएचओ प्रीक्वालिफाई नभए पनि अनुमति दिइएको थियो ।
    औषधि ऐन २०३५ अनुसार पनि मानिसमा लगाउने खोप डब्लुएचओ प्रीक्वालिफाई हुनुपर्दछ । तबमात्रै यो सुरक्षित मान्न सकिन्छ । डब्लुएचओ प्रीक्वालिफाई नभएको खोप मानव स्वास्थ्यको लागि सुरक्षित नहुन सक्ने भएकाले जोखिमपूर्ण हुन्छ । जोखिमयुक्त खोप मानवमा परीक्षण गर्न मिल्दैन ।

    स्वास्थ्य सेवा बिभागका पूर्वमहानिर्देशक डा. सुशील प्याकुरेलले मान्छेमा लगाइने एआरभी, सर्पदंश लगायत हरेक खोप डब्लुएचओ प्रीक्वालिफाई हुनैपर्ने बताउँछन् । उनी भन्छन्–‘मानवमा लगाउने एआरभी, एन्टी स्नेक भेनम जस्ता खोप डब्लुएचओ प्रीक्वालिफाई नै हुनैपर्छ । म स्वास्थ्य सेवा बिभागको महानिर्देशक हुँदासम्म डब्लुएचओ प्रीक्वालिफाई भएको खोप नै खरिद गर्नेगरी बोलपत्रमै सर्त राख्नुपथ्र्यो । औषधि ब्यवस्था बिभागबाट स्वीकृति लिएर डब्लुएचओ प्रीक्वालिफाई खोप खरिद गरिन्थ्यो ।’

    ‘मेडिकल लाइनबाट हेर्ने हो भने पनि खोप खरिद गर्दा डब्लुएचओ प्रिक्वालिफाई हुनैपर्छ । कुकुर वा जनावरले टोकेको अवस्थामा लाउने एन्टी रेबिज भ्याक्सिन मान्छेमा लाउँदा मानिसमा उल्टो असर गर्यो भने के गर्ने ? त्यतिबेला गुहार्नुपर्ने डब्लुएचओलाई नै होला ।’ डा. प्याकुरेलले भने–‘त्यसकारण पनि संवेदनशील खोप वा औषधि डब्लुएचओ प्रीक्वालिफाई वा डब्लुएचओ प्रिक्वालिफाई भएको हुनैपर्छ ।’

    स्वास्थ्य सेवा बिभाग ब्यवस्थापन महाशाखा प्रमुख केशव पण्डितले डब्लुएचओ प्रीक्वालिफाई र जीएमपीमध्ये जुन पनि खरिद गर्न पनि सकिने ब्यवस्था रहेको बताए । उनले भने–‘डब्लुएचओ प्रीक्वालिफाई मात्र खरिद गर्दैआएकोमा प्रतिस्पर्धा सीमित हुने भएकाले सर्वोच्च अदालतले एन्टीरेबिज खोप जीएमपी पनि खरिद गर्ने आदेश दिएको छ ।’

    खरिदमा सचिवको सेटिङ, अधिकृत आलेलाई परिचालन

    डब्लुएचओ प्रीक्वालिफाई भ्याक्सिनदेखि सबै खरिदमा स्वास्थ्य सेवा बिभागका खरिद शाखामा कार्यरत बरिष्ठ जनस्वास्थ्य अधिकृत सुदिप आलेमगरलाई स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले सेटिङमा परिचालन गरेका छन् ।

    उनलाई सचिव देवकोटाले लामो समयदेखि परिचालन गरेका छन् । अधिकृत सुदिप आलेमगरले खरिदमा बसेको ४ बर्षमै धापाखेलमा जमिन खरिद गरी घर बनाउने र निजी गाडीसमेत खरिद गरिसकेको स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार