काठमाडौं । सरकारले याङ्की उक्यावलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको निर्णय गएको साउन २० गते गरे पनि अहिलेसम्म नियुक्ति दिएको छैन ।
सामान्यतया मन्त्रिपरिषदले निर्णय गरेको २४ घन्टाभित्र नियुक्तिपत्र दिने गरिन्छ । तर याङ्की उक्याबलाई १५ दिन बितिसक्दा पनि नियुक्तिपत्र दिइएको छैन ।
संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा कार्य गरिसकेकी याङ्कीलाई निर्णय भएको १५ दिनसम्म पत्र नदिइएपछि अब उनले नियुक्ति पाउने संभावना कम देखिएको छ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गरेकी छन्। यससँगै उनले अमेरिकाको युनिभर्सिटी अफ मिजौरीबाट अर्थशास्त्रमा पनि मास्टर्स गरेकी याङ्की नियुक्तिपछि उनका बारेमा आएका टिप्पणीहरुलाई लिएरै उनलाई पत्र नदिइएको बताइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ती तीन जनामध्येबाट मन्त्रिपरिषदले याङ्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
याङ्कीले पत्र नपाएपछि अब दोस्रो नम्बरमा रहेका मनोज पौडेल लगानीबोर्डको सीईओ नियुक्ति हुने संभावना बढेको छ । पौडेल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालका छोरीज्वाइँ हुन् । नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माका छोरा पौडेललाई नै लगानीबोर्डको सीईओ बनाउने पक्षमा अर्थमन्त्री वाग्ले रहेको अवस्थामा प्रधानमन्त्री वालेन्द्र शाहले याङ्कीलाई नियुक्त गरेका थिए ।
पौडेल युवा अर्थशास्त्री र उद्योग वाणिज्य महासंघको अघिल्लो कार्यसमितिमा एशोसियट समूह तर्फको केन्द्रीय सदस्य थिए ।
कोष व्यवस्थापक कम्पनी आध्यन्तका संस्थापकका रुपमा व्यवसायमा प्रत्यक्ष संलग्न उनी पूर्वाधार विकास, बैकिङ्ग, शिक्षा, लगानी परिचालन र पुँजी व्यवस्थापन लगायतका क्षेत्रहरूमा अन्य विभिन्न व्यवसायहरूमा पनि आबद्ध छन् । उनी प्राइम बैंकका पूर्व बोर्ड डाइरेक्टर पनि थिए ।
काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण र बीमा कम्पनीहरुको मिलेमतोमा लाखौं बीमितलाई ठगि गर्ने गरेको खुलासा गरेको छ । बिहीबार राजधानीको...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
काठमाडौं । भदौ महिना लागेसँगै अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज बिहीबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री...
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend