काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ ।
सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत रूपमा जाने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विभिन्न पहल, प्रयास तथा समन्वयमार्फत बजेट पेश गर्ने वातावरण बनाउन खोजिए पनि हालसम्म नगरसभामा बजेट पेश हुन नसकेका स्थानीय तहमा उक्त टोली जान लागेको हो ।
टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा नगरपालिका, फतुवा विजयपुर नगरपालिका र मौलापुर नगरपालिका पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछ । बजेट निर्माण तथा नगरसभा सञ्चालनमा देखिएका समस्या पहिचान गर्दै आवश्यक सहजीकरण र समन्वय गर्ने मन्त्रालयले जनाएको छ ।
स्थानीय तहको बजेट प्रक्रिया लामो समयसम्म अवरुद्ध हुँदा सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित हुन सक्ने भएकाले समस्या समाधानका लागि मन्त्रालयले स्थलगत रूपमा नै सहजीकरण गर्न लागेको हो ।
मन्त्रालयले स्थानीय तहमा देखिएका बजेट तथा सभा सञ्चालनसम्बन्धी समस्या समाधानका लागि आवश्यक समन्वय र सहजीकरणलाई निरन्तरता दिइरहेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले निष्ठामा आधारित राजनीति गरेको भए आफू पनि कांग्रेस नै हुने बताएका छन्।...
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्न नहुने बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन...
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अधिनायकतर्फ हिंड्न खोजेको आरोप लगाएका छन्। उनले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न तयार नदेखिएको भन्दै...
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन कुमार आचार्यले पार्टीका नेताकार्यकर्ताहरुमा दम्भ र अहंकारको छुट नभएको बताएका छन् । रुपन्देहीको सियारीमा आइतबार आयोजित...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले पहिले कपाल फुलेका नेताहरूले देश बिगारेको र अहिले कलिला जुंगा भएकाहरूले समेत देश बनाउने छनक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend