Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्चले पार्टी एकता खारेज गरेको भन्नु उचित नभएकाे ओलीकाे टिप्पणी


    मंगलबार, चैत्र १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्चले पार्टी एकता खारेज गरेको भन्नु ठीक नभएको भन्दै ओलीले टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्न नचाहेको आरोप लगाउँदै सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि प्रचण्डले चासो नदिएको बताए हुन् ।

    आफूले फैसला आएकै दिन टेलिफोन गरेर छलफल गरौं भन्दा केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भनेको तर पछि इच्छा छैन भनेर मजाक गरेको ओलीले बताए ।

    ओलीले मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बाेल्दै एकता बाँकी थियो र अदालतले भंग गर्ने ?’ भनेर प्रश्न गर्दै आफूले फोन गर्दा चासो नदिने अनि अदालतले फुटाइदियो भन्नु उचित नभएकाे बताएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार