Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • विप्लव गहुँ काट्न खेतमा


    सोमबार, चैत्र १६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भूमिगत राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ गहुँ काट्न खेतमा पुगेका छन् ।

    निलो ट्रयाक सुट र टोपी लगाएर विप्लव खेतमा गहुँ काट्दै गरेको तस्वीर उनका एक सहयोगीले सार्वजनिक गरेका छन् । 

    ‘कम्युनिस्ट विचार र आदर्श, श्रम र उत्पादनसँग जोड्नुपर्छ । श्रम र उत्पादनसँग जोडिएको कम्युनिस्ट दर्शनले मात्रै वैज्ञानिक समाजवादको आधार तयार गर्छ । श्रममा सहभागी नेपाल कम्युनिस्ट पार्टी महासचिव कमरेड,’ गहुँ काट्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनका सहयोगीले लेखेका छन् ।  

    कम्युनिस्टहरू श्रम गर्न छाडेर विलासितामा लागेर कम्युनिस्ट आदर्शबाट च्युत भएको आरोप उनले लगाउँदै आएका छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि कम्युनिस्ट आचरण पालना गर्न हप्तामा केही घण्टा खेतबारीमा श्रम गर्ने गरी तयारी गरेको नेकपा स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार