काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधान तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।
तत्कालीन गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई ४ बर्ष नै जेल संजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार सजाय निर्धारण गर्दै रायमाझी र पाण्डेलाई विभिन्न कसुरमा छुट्टाछुट्टै कैद र जरिवाना तोकेको हो ।
अदालतले ठगी कसुरमा २ बर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ । सोही कसुरमा थप ६ महिनाको कैद पनि तोकिएको छ ।
यद्यपि, एकीकृत सजायको सिद्धान्तअनुसार अदालतले रायमाझीलाई ४ बर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।
यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि असार २४ गते रायमाझी र खाँणसहित १६ जनालाई दोषी ठहर गरेको थियो । मंगलबार उनीहरूमाथिको सजाय निर्धारण गरिएको हो ।
त्यसैगरी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईलाई पनि ४ बर्ष नै कैद संजाय तोकिएको छ । उनी ७५ बर्ष नाघिसकेको र ३ बर्ष कैद भुक्तान गरिसकेकाले बाँकी कैद अवधिमा ७५ प्रतिशत छुट हुँदा जम्मा २ महिना १३ दिनमा मुक्त हुनेछन् । तोकिएको ४० हजार जरिवाना भने उनले बुझाउनुपर्नेछ ।
भूटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई २ बर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । नक्कली भूटानी शरणार्थी बनाउने योजनाकार केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई ४ बर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend