काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल विकास समितिको बैठक नै नबसी कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी विनियमावली स्वीकृत गरिएको छ ।
संचालक समितिका अध्यक्ष प्राडा श्रीकृष्ण श्रेष्ठले जेठ १३ मा संचालक समितिको बैठकबाट कर्मचारी सेवा, सर्त र सुविधासम्बन्धी बिनियमावली पारित गरी स्वीकृतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पठाएका छन् ।
समितिको निर्णय अस्पताल विकास समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक डा. उज्वल चालिसेले मन्त्रालयमा पत्राचार गर्नुपर्ने नियम भए पनि समितिका अध्यक्षले नै पत्राचार गर्नुले भने प्रश्न खडा गरेको छ ।
११ सदस्यीय अस्पताल विकास समितिमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठलाई अध्यक्ष तोकिएको छ । सदस्यहरुमा मन्त्रालयकै डा. सरोज शर्मा, विज्ञ चिकित्सक अभिमन्यू झा, नेपाल अर्बुद रोग निवारण संस्थाका तर्फबाट प्रतिनिधिका रुपमा रहेका डा. प्रवीण बैद्य, महेश श्रेष्ठ र सम्पदा श्रेष्ठ, छन् । समाजसेवीका तर्फबाट प्रतिनिधित्व डा. संगीता फुँयाल र सुजाता कार्कीको उपस्थितिविना अल्पमतका आधारमा निर्णय गरेर बिनियमावली स्वीकतिका लागि मन्त्रालय पठाएपछि विवाद सुरु भएको छ ।
जेठ १३ गतेको बैठकमा आमन्त्रितका रुपमा राखिएका स्वास्थ्य मन्त्रालयका कानुनका उपसचिव गोपीकृष्ण रेग्मी, लेखाअधिकृत सरोज भूजेलको उपस्थिति पुस्तिकामा नाम भए पनि हस्ताक्षर भने छैन । अध्यक्ष श्रेष्ठ, भक्तपुर अस्पतालका निर्देशक डा.सुरेन्द्र भट्ट, नगरपालिकाका मेयरका तर्फबाट प्रतिनिधि खटाइएका रविन्द्र ज्याखवा र निर्देशक उज्वल चालिसेको मात्रै हस्ताक्षर भएको माइन्यूट बाहिरिएको छ ।
११ सदस्यीय अस्पताल विकास समितिमा ४ जनाको हस्ताक्षर गरेर बाँकीलाई घरघरमै गएर दबाब दिई माइन्यूटमा हस्ताक्षर गराउन अध्यक्ष र सदस्य सचिवले दबाब दिएका थिए । सोही दिनको बैठक भन्दै सार्वजनिक गरिएको अर्को माइन्यूटमा सदस्यद्वय संगीता फुयाँल र सुजाता कार्कीको स्क्यान गरेको हस्ताक्षर राखिएको छ ।
माइन्युटमा स्क्यान गरी राखिएको हस्ताक्षर कानुनतः मान्य हुँदैन । आफ्नो हस्ताक्षरको स्क्यान गरी अनुमतिबिना माइन्यूटमा राखिएकोमा आपत्ति जनाउँदै सदस्यद्वय फुयाँल र कार्की कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी दिने तयारीमा छन् ।
बहुमत पुर्याउने नाममा आफूहरुको कीर्ते हस्ताक्षर प्रयोग गरिएको र एजेन्डामा असहमत हुँदाहुँदै पनि स्क्यान हस्ताक्षर प्रयोग गरिएको र सो दिनको बैठकमा सहमति नै नभएको बिषयलाई निर्णय भन्दै अध्यक्षले मन्त्रालयमा पत्राचार गरिएको उनीहरुको आरोप छ । भक्तपुर क्यान्सर अस्पताल विकास समिति, कर्मचारी सेवाको सर्त र सुविधा सम्बन्धी बिनिमावली जबर्जस्ती रुपमा मन्त्रालयबाट स्वीकृत गराउन समितिका सदस्यहरुको हस्ताक्षरसमेत दुरुपयोग गरेको बिषयलाई मन्त्रालयले नोटिसमा लिएको स्रोत बताउँछ ।
निजामती सेवा ऐनले सबै सेवा समूहका कर्मचारीको उमेर अवधि ५८ बर्ष कायम गर्ने तयारी गरिरहेका बेला भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले भने ६० बर्ष नै राख्नका लागि बिनियमावली संशोधन गर्ने तयारी गरेका छन् । प्रशासन समूहका कर्मचारीको अवकाशको उमेर हद ५८ बर्ष छ । तर अस्पतालका नवौं तहका कर्मचारी राजाराम तजलेले भने अस्पतालका प्रशासनतर्फका कर्मचारीको पनि अवकाश हुने उमेरहद स्वास्थ्य समूहकै जस्तो ६० बर्ष बनाउनेगरी बिनियमावलीमा ब्यवस्था गर्न विकास समितिलाई दुरुपयोग गरेका छन् । एक ब्यक्तिको स्वार्थ पूरा गर्न समितिका अध्यक्ष र सदस्यसचिव नै लागेका छन् । तजलेको स्वार्थ पूरा गर्न स्क्यान गरिएको हस्ताक्षरसमेत गरिएको आरोप छ ।
क्यान्सर अस्पतालका प्रशासन अधिकृत(नवौं तह) राजाराम तजले ५८ बर्ष उमेर हदका कारण आगामी १५ दिनपछि साउन ९ गते अवकाश पाउँदैछन् । सातौं तहबाट तजलेले आफ्नो बढुवा नियमविपरीत गरी नवौं तहमा पुगेका छन् । उनले अस्पतालमा सीएमए पदमा कार्यरत आफ्नै सहोदर बहिनी रोजिना तजलेलाई नियम कानुन मिचेर सेवा परिवर्तन गराएर प्रशासन समूहमा ल्याएर महत्वपूर्ण शाखाको जिम्मेवारी दिएका छन् ।
समुदायगत रुपमा निकट भएर अध्यक्षले तजलेलाई जसरी भए पनि भक्तपुर अस्पतालमा टिकाइराख्न बिनियमावली संशोधनका लागि मन्त्रालयमा पठाएको आरोप छ । तपाईंको २ बर्ष जागिर लम्ब्याउनका लागि बिनियमावली संशोधन गर्न समितिलाई प्रयोग गर्नुभएको हो भन्ने प्रश्नमा राजाराम तजलेले भने–आफूहरु बिज्ञ भएकाले स्वास्थ्य सेवा ऐनमै भएको प्रावधानलाई बिनियमावलीमा छिराउन खोेजेको भन्दै गोलमटोल जवाफ दिए ।
बहिनी रोजिना क्यान्सर पीडित र १५ बर्ष काम गरिसकेकाले स्वभाविक रुपमा प्रशासनतर्फ ल्याएको उनको दाबी थियो । समितिबाट कीर्ते हस्ताक्षरका आधारमा पारित भई स्वास्थ्य मन्त्रालयमा पुगेको बिनियमावली जसरी भए पनि स्वीकृत भएर आउने उनको भनाइ छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend