काठमाडौं । वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा नगर प्रहरीको निमित्त एसएसपी रहेका सांसद राजुनाथ पाण्डेले गणेश नेपालीका परिवारसँग गरेको सहमतिमा नगर प्रहरीलाई निलम्बन गर्ने निर्णयप्रति दुःख ब्यक्त गरेका छन् ।
आइतबार सरकार र गणेश नेपालीका परिवारबीच भएको सहमतिमा नगरप्रहरीद्वय मीना तामाङ र मीना नगरकोटीलाई निलम्बन गर्ने बुँदा पनि उल्लेख छ । जुन बुँदाप्रति पाण्डेले दुःख ब्यक्त गरेका हुन् । उनले निलम्बनमा परेका नगरप्रहरीलाई अआत्तिन आग्रह गर्दै न्याय पाउने विश्वास पनि ब्यक्त गरेका छन् ।
सामाजिक संजालमा आइतबार राति पाण्डेले लेखेका छन्–‘२०८३ असार २६ गते त्रिपुरेश्वर घटनामा दिवंगत हुनुभएका गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र शोकमय परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
त्यसैगरी काठमाडौं महानगरपालिकाका नगर प्रहरीद्वय मीना तामाङ र मीना नगरकोटीलाई निलम्बन गर्ने निर्णय प्रति दुःख व्यक्त गर्दछु । महिला भएर पनि १२ घण्टा बुट लगाई इमानदारीपूर्वक तोकिएको जिम्मेवारी पालना गर्ने उहाँहरूको साहसलाई सम्मान गर्दछु ! नआत्तिनुहोला, अवश्य न्याय मिल्नेछ र उक्त घटनालाई अतिरञ्जित गर्नेगरी सदनदेखि सडकसम्म रोइलो गर्ने पात्रहरूलाई नेपाली जनताले अवश्य पनि मूल्याङ्कन गर्नुभएको होला ।
राजनीति गरी आफ्नो अभिष्ट पूरा गर्न खोज्ने सबै खाले व्यक्तिहरूलाई अवश्य पनि नेपाली जनताले चिनिसक्नुभएको छ । र, समय आउँदा उचित जवाफ दिनेछ ।’
राजु पाण्डे नगर प्रहरीको प्रमुख भएदेखि नै महानगरभित्र फुटपाथमा पसल राख्नेदेखि पार्किङ गर्नेसम्मलाई अमानवीय ज्यादति गर्न सुरु गरिएको र त्रिपुरेश्वरमा भएको गणेश नेपालीको मोटरसाइकलमा भएको ह्वीललक त्यसकै पराकाष्टा भएको भन्दै सामाजिक संजालमा आवाज पनि प्रकट भइरहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend