काठमाडौं । निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई थप सशक्त बनाउन सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा फिल्डमै अनुसन्धान गरी तत्काल कारबाही गर्नसक्ने अधिकार सहितको विशेष अनुगमन टोली परिचालन भएको बताएका छन् ।
असार २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट मातहत युनिटका प्रमुखहरुलाई ब्रिफिङ गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले कुनै पनि प्रकारको भ्रष्टाचार, आर्थिक अनियमितता वा अनुचित प्रभावलाई शून्य सहनशीलताको नीति अनुसार नियन्त्रण गरी Reward and Punishment नीतिलाई अक्षरशः पालना नगरेको भेटिएमा जुनसुकै तहका कमाण्डरहरू तथा दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु माथि छानविन गरी आवश्यक कारबाही गरिने बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले भन्सार छली, अवैध आयात–निर्यात तथा राजस्व चुहावट हुने सम्भावित नाकाहरूमा सबै सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट तथा फरवार्ड पोष्टहरूले २४सै घण्टा निगरानी कायम राख्ने व्यवस्था गरी तस्करी नियन्त्रण तथा सीमा क्षेत्रबाट हुने अवैध निकासी पैठारीलाई पूर्णतया रोक्न कमाण्डरहरुलाई निर्देशन दिए ।
उनले सीमापार समकक्षी तथा सरोकारवाला सम्बन्धित निकायहरुबाट समेत सूचना लिई काम गर्न सकियो भने सीमामा संचालन गरिने अपरेशनल गतिविधिहरुमा थप सहजता आउने उल्लेख गर्दै खुल्ला तथा संवेदनशील सीमा क्षेत्रको जोखिम विश्लेषण गरी गस्ती, मोबाइल पेट्रोलिङ तथा चेकिङलाई थप गरी प्रभावकारी बनाउन समेत निर्देशन दिए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले आर्थिक विधेयक, २०८३ मा समेत नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यवसायिक फोर्सको रुपमा विकास गर्ने भनेर सम्वोधन गरेको अवस्थामा सीमा इलाकाको सम्पूर्ण विवरण र अभिलेख चुस्त राख्दै, जनतासँगको व्यवहारमा नम्रता र कार्यसम्पादनमा पूर्ण व्यावसायिकता प्रदर्शन गर्न सम्पूर्ण युनिट कमाण्डरहरुलाई निर्देशन दिएका छन् ।
उहाँले कुनै पनि बिषयमा सशस्त्र प्रहरी कर्मचारीहरु विवादको कारक नभई कानून बमोजिम निष्पक्ष र पारदर्शी ढंगले कार्य गर्नुपर्ने बताउँदै यस्ता कार्यमा बाहिनीपतिहरूले आफ्नो मातहत कार्यालयहरुको निरन्तर रुपमा अनुगमन गर्दै कार्यक्षेत्रमा हुनसक्ने गल्ती कमजोरीलाई समयमा नै आँकलन गरी समाधान गर्नेतर्फ लाग्नुपर्ने बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले मुख्यालयले सशस्त्र प्रहरी कर्मचारीहरुको जनशक्ति व्यवस्थापनमा समेत विशेष ध्यान दिएको र सोही अनुरुप लामो समयदेखि एउटै सीमावर्ती जिल्लामा कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रै अन्यत्र युनिटहरूमा परस्पर सरुवा गर्न र व्यवसायिक आचरणविपरीत काम गर्नेहरूलाई बाहिनी तहमा नै करेक्सन ट्रेनिङ संचालन गर्न वाहिनीपतिहरुलाई निर्देशन दिए ।
सोही अवसरमा उनले मनसुनको समय शुरु भएको हुँदा विगतका बाढी–पहिरो तथा डुवानमा परेका क्षेत्रहरुको पहिचान गरी आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगर, अञ्जनीकुमार पोखरेललगायत सशस्त्र प्रहरी बल नेपाल उच्च अधिकृतकासाथै भर्चुअल माध्यमबाट सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण वाहिनीपति, गणपति, गुल्मपति, बिओपी तथा बेश कमाण्डरहरु सहभागी रहेका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend