Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको परिकल्पनाले मुलुक अघि बढेको छ : मुख्यमन्त्री पोखरेल


    आइतबार, चैत्र १५ २०७७
    2.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका परिकल्पना र योजनाले तराई मधेस समृद्धितर्फ अघि बढीरहेको बताएका छन्  । 

    शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को छैँठौँ बैठक तथा शपथ ग्रहण समारोहलाई आज बर्दघाटमा सम्बोधन गर्दै उनले तराईको विकासमा वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताएका हुन्  । 

    नेकपा९एमाले०का स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखरेलले तराईका २२ वटै जिल्लाका सदरमुकाम आधुनिकीरण, हुलाकी सडक निर्माणको तीव्रता, सिँचाइ परियोजनालगायत ठूलाठूला आयोजनाको सोच र कार्यान्वयनले तराई मधेससहित मुलुक निर्माणको दिशातर्फ अघि बढेको उल्लेख गरे । 

    पोखरेलले प्रधानमन्त्री ओलीले सङ्घीयता सुदृढ, ठूला आयोजनाको तीव्रतर कार्यान्वयन र विकास निर्माणको तीव्रतामा खेलेको भूमिकाका कारण वर्तमान सरकार लोकप्रिय बन्दै गएपछि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिन डराइरहेको जिकिर गरे । माओवादी केन्द्रले समर्थन फिर्ता लिए जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई समर्थन गर्ने उनको दाबी थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार