Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सशस्त्र प्रहरी स्कुलको ११ करोड मिटरब्याज प्रकरण, गुरुङ पक्राउपछि को-को तानिंदैछन् ?


    आइतबार, असार २१ २०८३
    17.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । विवादास्पद ब्यवसायी लिलाबहादुर लामा (टासी)लाई ११ करोड रुपैयाँ मिटरब्याजमा दिने सशस्त्र प्रहरी स्कुल(एपीएफ) कीर्तिपुरकी लेखाअधिकृत कल्पना गुरुङ पक्राउ परेसँगै लहरो तान्दा पहरो आउने भएको छ ।

    गुरुङले लामालाई मिटरब्याजमा दिएको समयमा उक्त स्कुलका कमाण्डेन्ट रहेका दिग्बिजय सुवेदीदेखि अघिल्ला लेखाअधिकृत महेन्द्र हमालसम्म तानिने भएका छन् । छानबिनमा तानिने भएपछि सुदूरपश्चिममा कार्यरत डीआईजी सुवेदीले हतार हतार आफ्नो कीर्ते हस्ताक्षरमा चेक जारी भएको स्पष्टीकरण दिएका छन् । यसअघि नै स्कुलको रकम लामालाई दिएको पाइएपछि एपीएफ स्कुलका कमाण्डेन्ट रामजंग पाण्डे तानिइसकेका छन् ।

    काठमाडौं परिसरले गुरुङ र पैसा लिने लामाका बिरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको बताइएको छ ।

    विद्यालयको करोडौं रकमको हिसाब नभेटिएपछि सशस्त्र मुख्यालयले आन्तरिक छानबिन शुरु गरेको थियो । कानुनका डीआइजी युवराज अर्यालको संयोजकत्वमा छानबिन गर्दा घोटाला घोटाला पुष्टि भएपछि पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिएको थियो । उक्त स्कुल सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्र कोषबाट संचालित छ ।

    पाण्डेभन्दा अघिल्ला कमाण्डेन्ट दिग्बिजय सुवेदी(हाल सुदूरपश्चिमका डीआईजी)समेत छानबिनमा तानिने भएका छन् । उनको हस्ताक्षर दुरुपयोग भएको बताएर उम्किन खोजिरहेका छन् । लेखाअधिकृत गुरुङले मात्र ११ करोड रुपैयाँ लामालाई मिटरब्याजमा दिन सक्ने पत्यारिलो आधार नभएकाले डीआईजी सुवेदीका अलावा अघिल्ला लेखाअधिकृत हमालसम्म छानबिनको दायरामा आउनसक्ने स्रोत बताउँछ ।

    डीआईजी सुवेदी वासुदेव ओली आईजीपी हुँदा उनका पीए थिए । त्यहीबेलादेखि उनी कमाउधन्दामा लिप्त अधिकृतका रुपमा चिनिन्छन् । २०७७ मा कोरोना महामारीका कारण लकडाउन हुँदा उनले बाराको गणपति हुँदा जगदम्बा स्टील उद्योगका सुलभ र साहिल अग्रवालका उद्योगमा भारतीय मजदुरहरुलाई राति राति नेपालमा भित्रन दिने क्रममा प्रतिमजदुर दररेट तोकेर रकम लिएको आरोप लागेपछि छानबिनमा परेका थिए ।

    जगदम्बाका कामदारलाई लकडाउन अवधिमा भारतबाट ल्याउन उनले सघाएका थिए । ३ सय कामदार भातरबाट ल्याउन दिएबापत सुवेदीले प्रतिकामदार १५ सय कमिशन लिएको आरोप लागेको थियो । त्यही आरोपमा उनी जिम्मेवारीबाट हटाइएका थिए । तर सशस्त्र प्रहरी बलका तत्कालीन आईजीपी शैलेन्द्र खनाललाई हिस्सा बुझाएपछि उनी जिम्मेवारीबाट हटाइए पनि केही कारबाहीमा भने परेनन् ।

    सशस्त्र प्रहरी बलमा सुवेदी पीआरधारी नभए पनि उनका सबै परिवार अमेरिकामै बसोबास गर्दछन् ।  निजामतीमा बिदेशी पीआर लिएकाहरुलाई जिम्मेवारीमुक्त गर्ने अभियान सुरु भए पनि सशस्त्रमा भने निर्धक्क जागिर खाइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार