काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो ।
प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेपछि भाडा दर बुधबारबाटै लागु हुनेगरि समायोजन गरिएको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको छ ।
नयाँ कायम गरिएको फ्यूल सरचार्ज अनुसार काठमाडौं–माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको छ । काठमाडौं–भरतपुर ६ हजार ८७५ मा झरेको छ भने काठमाडौं–विराटनगर ५ हजार ५ सय कायम भएको छ ।
त्यस्तै, नेपालगन्ज–भद्रपुर रुटमा फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ । यसअघि १५ हजार ७२५ रहेको थियो । साथै काठमाडौं–धनगढी रुटमा १० हजार १२० रुपैयाँ, काठमाडौं-सुर्खेत रुटमा ७ हजार ९१५ रुपैयाँ र काठमाडौं पोखरामा ३ हजार ६३५ रुपैयाँमा झरेको छ ।
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend