काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर समायोजनको विषय चर्चामा छ ।
नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएपछि यात्रुवाहक सार्वजनिक सवारीको भाडादर घट्ने निश्चितजस्तै भएको छ।
यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ दररेट निर्धारणका लागि आवश्यक प्राविधिक गृहकार्य सुरु गरिसकेको छ ।
विगतमा इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडा प्रणालीअनुसार १३ प्रतिशत भाडा बढाउनुपर्ने सिफारिस भए पनि आम नागरिकलाई राहत दिन भन्दै सरकारले ५ प्रतिशत मात्रै वृद्धि गरेको थियो ।
त्यसबेला व्यवसायीहरूले लागत नउठेको भन्दै असन्तुष्टि जनाएका थिए । तर, अहिले इन्धनको मूल्यमा भएको ठूलो गिरावटले सञ्चालन खर्च उल्लेख्य रूपमा घट्ने भएपछि यातायात व्यवसायीहरू स्वयं नै भाडा समायोजनका लागि तयार देखिएका छन् ।
विभागले इन्धन, लुब्रिकेन्ट्स र मर्मत सम्भारलगायतका सूचकहरूलाई आधार मानेर नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
यात्रुवाहक सवारीको भने भाडा घट्ने भएको छ । कति भाडा घटाउने भनेर विभागमा अहिले छलफल भइरहेको छ ।
ढुवानी सेवा (मालवाहक सवारी) को भाडादरमा भने तत्काल त्यति धेरै नघट्ने भएको छ । विभाग एक कर्मचारीले भने, ‘सार्वजनिक सवारीमा बसहरूको भाडा केही प्रतिशत घट्ला तर, ढुवानीको भने खासै घट्दै होला ।’
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend