काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्। राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा पनि सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए।
उनका अनुसार द्विपक्षीय प्राविधिक समितिले अधिकांश स्थानको सीमा निर्धारण गरिसकेको भए पनि सुस्ता र लिपुलेक-लिम्पियाधुरा-कालापानी क्षेत्रमा भने प्राविधिक तहबाट सीमांकन टुंगो लागेको छैन।
उनले ती भूभाग नेपालको भएको दाबी दोहोर्याउँदै नेपालसँग त्यसका लागि ऐतिहासिक आधार, प्रमाण र नक्सा रहेको बताए। ‘हामी हाम्रो दाबीका आधारमा कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न चाहन्छौं,’ उनले भने।
उनले उक्त विवादलाई शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देश तयार रहेको बताए।
मन्त्री खनालले नेपाल र भारतबीच सदियौंदेखि खुला सीमा कायम रहेको उल्लेख गर्दै नेपालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित भएको बताए। उनका अनुसार नेपाल-भारत सीमाको अधिकांश भाग निर्धारण भइसके पनि सुस्ता तथा लिपुलेक-लिम्पियाधुरा-कालापानी क्षेत्रमा सीमांकन अझै टुंगो लाग्न बाँकी छ।
उनले सुस्तास्थित नारायणी नदी किनारमा करिब एक किलोमिटर लम्बाइको तटबन्ध निर्माण भइरहे पनि त्यसमा भारतीय पक्षबाट कुनै अवरोध वा हस्तक्षेप नभएको बताए। यद्यपि, त्यही क्षेत्रमा सञ्चालित सिँचाइ आयोजनाका विषयमा भने दुवै देशबीच संवाद आवश्यक रहेको उनको भनाइ थियो।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend