काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन बिक्री रोक्ने व्यवसायीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै शाहीले सरकारले इन्धनको मूल्य घटाएको भोलिपल्ट नै देशका विभिन्न स्थानबाट पेट्रोल तथा डिजेल उपलब्ध नभएको भन्दै बिक्री रोकिएको सूचना प्राप्त भएको उल्लेख गरेका छन्।
उनले मूल्य घटेपछि पहिलेको उच्च मूल्यमा खरिद गरिएको इन्धन जोगाएर बढी नाफा आर्जन गर्ने उद्देश्यले केही पेट्रोल पम्पले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यस्तो कार्यले उपभोक्तालाई मर्कामा पार्नुका साथै बजार प्रणाली र कानुनी शासनको समेत उल्लंघन हुने उनको भनाइ छ।
शाहीले सरकार, सम्बन्धित नियामक निकाय तथा अनुगमन संयन्त्रलाई बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गर्दै इन्धन लुकाउने, बिक्री स्थगित गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पको छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend