काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर स्वीकृत बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका चार जना निजामती कर्मचारीमाथि सरकारी सेवाबाट भविष्यमा समेत अयोग्य ठहरिने गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीसँग १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति (टीआर), स्थायी आवासीय अनुमति ९पीआर० तथा डाइभर्सिटी भिसा (डिभी) प्राप्त गरेको पाइएको छ।
प्रचलित कानुनी व्यवस्थाअनुसार पदमा बहाल रहेको निजामती कर्मचारीले विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैन। त्यसैगरी स्वीकृत बिदा समाप्त भएपछि ३० दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था रहे पनि उनीहरू लामो समयदेखि अनुपस्थित रही विदेशमै बसोबास गरिरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त कार्य निजामती सेवा ऐन, २०४९ विपरीत देखिएकाले ऐनबमोजिम भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी विभागीय कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएको छ। सोही आधारमा उनीहरूलाई सफाइ पेश गर्ने अवसर प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन, जवाफदेहिता र कानुनी शासनलाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन्। कार्यालयमा अनुपस्थित रही विदेशमा बसोबास गर्ने कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने उनले उल्लेख गरेकी छन्।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend