काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ ।पार्टीका मुख्यसचिव गणेशमान पुनद्वारा जारी सूचनाअनुसार बैठक जुम माध्यमबाट सञ्चालन हुनेछ ।
बैठकका लागि आवश्यक जुम आईडी यसअघि नै पठाइसकिएको उल्लेख गर्दै आईडी प्राप्त नगरेका केन्द्रीय सदस्यलाई पनि सहभागी गराउन सम्बन्धित सबैमा विशेष अनुरोध गरिएको छ ।
बैठकमा शहीदहरूप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिनेछ । त्यसपछि पार्टीको नियमावली तथा आचारसंहितामाथि छलफल, पार्टी सदस्यता नवीकरण तथा विस्तारका विषयमा समीक्षा र विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
बैठकको अन्त्यमा पार्टीका संयोजक र सहसंयोजकबाट समसामयिक राजनीतिक विषय तथा सङ्गठनात्मक कार्यदिशाबारे निर्देशन दिइने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend