काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका कम्युनिष्ट नेताहरूले पार्टी एकताको नाममा आफ्ना गल्तीहरू ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।
पूर्व मन्त्री समेत रहेका नेता बास्कोटाले फेसबुकमा लेख्दै भनेका छन्, ‘पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेको भन्दै’ व्यङ्ग्य गरेका छन्।
उनले राजनीतिक वृत्तमा भइरहेका यस्ता प्रयासलाई नेतृत्वले आफ्नो असफलता लुकाउने प्रपञ्चको रूपमा अर्थ्याएका छन्। नेता बास्कोटाले देशमा भयङ्कर खतरा देखाएर नेतृत्वबाट यस्तो भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्।
उनले लेखेका छन्, “भयंकर खतरा देखाएर नेतृत्वबाट चलाइएको यो कथ्य रूपमा सुन्दर तर सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिकिरहन प्रयोग गरिएको भुत्ते हतियार हो।”
उनले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई वास्तवमै सुधार र शक्ति आर्जन गर्न चाहेको हो भने पहिले आफ्नो गल्ती स्वीकार गर्न चुनौती समेत दिएका छन्। बास्कोटाले नेतृत्वलाई प्रश्न गर्दै अगाडि लेखेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो-भन। आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’
काठमाडौँ। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend