काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ वमोजिम स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख डोलप्रसाद (डीपी)अर्यालले आगामी बैठक शनिबार (भोलि)११ बजे बस्ने गरी तय गरेको संसद सचिवालयले जनाएको छ ।
यसअघि बिहीबार तय गरिएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले सदन प्रभावित भएको छ ।
आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको थियो।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार प्रतिनिधि...
काठमाडौं । विपक्षी दलहरूले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले...
काठमाडौँ। आगामी असोज तीनगतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अध्यक्षतामा बसेको...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend