काठमाडौं । रास्वपा केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ । आज बिहानबाट भएको मतदान केहीबेरअघि सम्पन्न भएको हो ।
रास्वपाले पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मतदान गरेको थियो । नेता गणेश पराजुलीका अनुसार, निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ ।
गत ७ असारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् ।
त्यस्तै, ७ प्रदेशका सभापतिहरू स्वतस् केन्द्रीय सदस्य हुनेछन् । केहीबेरपछि पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
मतदान सकिएको करिब २ घण्टामा नतिजा आइसक्ने बताइएको छ । केन्द्रिय सदस्यको नतिजा प्रकाशन संगै पदाधिकारीका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु गर्नेगरी तयारी अघि बढेको जनाएको छ।
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend