Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा महाधिनेशन: केन्द्रीय सदस्यको मतदान सकियो, पदाधिकारीका लागि ४ बजेबाट मतदान


    बिहिबार, असार ११ २०८३
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपा केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ । आज बिहानबाट भएको मतदान केहीबेरअघि सम्पन्न भएको हो ।

    रास्वपाले पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मतदान गरेको थियो । नेता गणेश पराजुलीका अनुसार, निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ ।

    गत ७ असारदेखि चितवनमा जारी रास्वपाको महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

    विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् ।

    त्यस्तै, ७ प्रदेशका सभापतिहरू स्वतस् केन्द्रीय सदस्य हुनेछन् । केहीबेरपछि पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

    मतदान सकिएको करिब २ घण्टामा नतिजा आइसक्ने बताइएको छ । केन्द्रिय सदस्यको नतिजा प्रकाशन संगै पदाधिकारीका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु गर्नेगरी तयारी अघि बढेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार