काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वा पुरानो नभनेर मन लागेको उम्मेदवारलाई मत दिन आग्रह गरेका छन्।
भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु भएको रास्वपाको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले केन्द्रीय सदस्यका उम्मेदवारलाई मत दिँदा नयाँ वा पुरानो नभन्न आग्रह गरेका हुन्। उनले कसलाई मत दिने वा कसलाई नदिने भन्ने निर्णय नगरेको बताए।
उनले प्रतिनिधिलाई उम्मेदवार बन्न पनि कुनै छेकबार नभएको बताए। ‘निर्वाध रुपमा उम्मेदवारी दिनुस्,’ उनले भने।
कुन उम्मेदवारलाई मत दिन वा कुन उम्मेदवारलाई मत नदिने भनेर उर्दी जारी नगरिने बताए। उर्दी जारी गर्ने रास्वपाको संस्कार नभएको उनको भनाइ थियो।
‘उठेका मान्छे ति सांसद वा मन्त्री हुन्, पार्टीको स्थापनाकालदेखि लागेका हुन् या अस्ति भर्खरै जोडिएका हुन्रु कसलाई भोट दिने, त्यो तपाईको जिम्मा,’ लामिछानेले भने, ‘यसलाई भोट दिऔँ, उसलाई भोट दिऔँ भनेर उर्दी जारी गर्ने पक्षमा हामी छैनौँ।’
रास्वपा बन्त्रसत्रबाट केही प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ। रास्वपामा पहिलो सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ।
त्यसपछि दोस्रो चरणमा पदाधिकारी निर्वाचन हुनेछ। पदाधिकारीका लागि केन्द्रीय सदस्यले मतदान गर्नेछन्।
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend