काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि भएका कुनै पनि निर्णय फिर्ता नहुने प्रष्ट पारेका छन् । आज बसेको एमाले संसदीय दलको बैठकमा पार्टी एकता जोगाउनका लागि बरिष्ठ नेता झलनाथ खनाल, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतले गरेको अनुरोधलाई उनले अरण्यरोदन मात्र ठानेर फागुन २८, चैत ५ र त्यसपछि भएका कुनै पनि निर्णयमा पुनर्विचार नहुने बताएका छन् ।
ओली आफूले गरेका अडानबाट पछि नहट्ने भएपछि माधव नेपाल समूह अप्ठेरोमा परेको छ । आज ३ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको नेकपा एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरुले ओलीले गरेका एक्लौटी निर्णय फिर्ता लिन आग्रह गरेका थिए । तर ओलीले बिधिसम्मत निर्णय भएकाले फिर्ता नहुने जवाफ दिएका छन् ।
ओलीको यो अडानबाट उनी माधव नेपाल समूहलाई पार्टीबाट लखेट्ने पक्षमै रहेको देखाएको छ । महाभारतमा पाण्डवहरुलाई पाँच गाउँमात्र दिन भगवान कृष्णले अनुरोध गर्दा दुर्योधनले सियोबराबरको भूमि पनि नदिने भनेर दुत्कारेका थिए । त्यस्तै माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन भन्ने प्रष्ट जवाफ ओलीले दिएका छन् ।
बैठकमा एकैछिन सहभागी भएका खनालले सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि गरिएका सबै निर्णय अवैधानिक भएको र एमालेको पहिल्यै रहेको संरचनालाई कायम राखेर एकता जोगाउनुपर्ने भनाई राखेका थिए ।
आज ३ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमो नेकपा एमाले संसदीय दलको बैठक भएको थियो
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend