Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई नेताले अझै दिएनन् स्पष्टीकरणको जवाफ


    शुक्रबार, चैत्र १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चार नेताहरुलाई सोधेको स्पष्टीकरणको जवाफ दुईजना नेताले अझै दिएका छैनन् ।

    वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलले बिहीबार नै स्पष्टीकरणप्रति प्रतिप्रश्न गर्दै लिखित जवाफ बुझाइसकेका छन् । तर स्रोतका अनुसार सुरेन्द्र पाण्डे र घनश्याम भुषालले भने स्पष्टिकरण बुझाउने म्याद सकिँदा समेत जवाफ पठाएका छैनन् ।

    नेता भुषालले जवाफ दिने तयारी भएपनि आज दिउँसो आफ्नो पक्षको केन्द्रीय समिति र अपरान्ह दलको बैठक भएकाले अझै समय लाग्ने बताए । ‘आज पनि सकिएला जस्तो छैन । किनभने, पार्टीकै दुईवटा कार्यक्रम छन् । यो सकेपछि भोली वा पर्सी बुझाउने गरी तयार हुँदैछ’, भुषालले भने, त्यस्तै अर्का नेता पाण्डेले पनि आफू र भुषालसँगै स्पष्टीकरणको जवाफ दिने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार