Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेपाल पक्षका सांसदहरू संसदीय दलको बैठकमा सहभागी हुने


    शुक्रबार, चैत्र १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल पक्षका सांसदहरू संसदीय दलको बैठकमा जाने तयारी भइरहेको  छ ।

    सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने  स्रोतले बताएको छ । स्रोतका अनुसार त्यसअघि नेपाल पक्षका सांसदको छुट्टै छलफलको तयारीसमेत भइरहेको छ ।

    ‘बैठकमा सबै जना जाने कुरा भएको बताउदै स्रोतले भन्याे ‘बैठकमा सहभागी हुने विषयमा यसअघि पनि कुराकानी भएको हो। तर त्यतिबेला भेला भएकाले जान भ्याइएन। बैठकमा सहभागी हुने कुरालाई हामीले सामान्य ढंगले लिएका छौं। तर बाहिर ठूलो विषय बनाइएको छ।’

    तर नेता माधव कुमार नेपाल संसदीय दलको बैठकमा उपस्थित हुने नहुने केही भन्ने कुरा अझै खुलेको छैन ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार