Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले विवाद मिल्ने भन्दा बल्झिने तर्फ


    शुक्रबार, चैत्र १३ २०७७
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले विवाद झनै जटिल मोडमा पुगेको छ ।

    नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको १३ बुँदे जवाफ पेश गरेसँगै विवाद झन बल्झिने मोडमा पुगेको हाे ।

    नेता नेपालले जवाफ मार्फत १३ बुँदे स्पष्टीकरण पेश गर्दै ओलीमाथि व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपको शिकार भएको लगायत आरोप लगाएका छन् । 

    प्रचण्डले लगाएको आरोप र माधव नेपालको जवाफमा केही भिन्नता छैन भन्दै नेता नेपालको जवाफपछि एमालेको विवाद झनै जटिल मोडमा पुगेको ओलीपक्षीय एक केन्द्रीय सदस्यले बताएका छन् । उनले भने ‘यसलाई अध्यक्षमाथि लगाएको १९ बुँदे आरोपको अर्को संस्करण भन्दा पनि हुन्छ ।

    एमाले विवाद उत्कर्षमा पुगेको बेला शुक्रवार प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका छन् । माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार