Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • महानगरपालिकाको आदेश पनि टेर्दैनन् समानता स्कूलका सञ्चालकहरू, बिना अनुमति संरचना निर्माण


    सोमबार, जेष्ठ २५ २०८३
    385
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न नसकिने ध्वनी प्रदूषण सिजना भएको बताइन्छ ।

    महानगरपालिकाको स्वीकृतिबिना नै धमाधम निर्माण कार्य भएका छन् । स्कूलको गैरकानूनी कामका विषयमा स्थानीय टोलबासीहरुले वडामा पटक–पटक निवेदन दिए । साथै महानगरपालिकाको शिक्षा शाखालगायत बिभिन्न निकायका उजुरीहरु यो विद्यालयका सञ्चालकहरुका लागि कागजको खोस्टो बनेको छ । विशेष शिक्षा पढाई हुने यो विद्यालयमा सीसी क्यामेरा पनि जडान गरिएको छैन । विद्यार्थीहरुलाई शिक्षकहरुले निर्मम कुटपीट र अमानवीय व्यवहार गर्ने गरेका कारण सीसी क्यामेरा पनि नराखिएको एक जना छिमेकीको दाबी गरेका छन् ।

    डा. ध्रुव मुडभरीका छोरा अनिश मुडभरीको नाममा रहेको घर जग्गा छिमेकीको अनुमतिबिना नै स्कूल सञ्चालनका लागि दिइएको थियो । यो ठाउँमा अर्को त्रिमूर्ति एकेडेमी नामको विद्यालय सञ्चालन गर्नका लागि अनुमति लिन खोज्दा वडाका अध्यक्ष प्रेम थापाले नै मापदण्ड नपुगेको भन्दै हटाइदिएका थिए । तर, गैरकानूनी रुपमा सञ्चालनमा रहेको यो स्कूल भने उनले रोक्न सकेनन् ।

    मापदण्ड बिपरीत सञ्चालन गरिएको समानता स्कुललाई भने पटक–पटकको अनुरोधपछि पनि का.म.न.पा. वडा नं. २ ले हटाउने नसकेपछि स्थानीय छिमेकीमध्येका एक जना पीडितले राष्ट्रिय सतर्कता केन्द्रमा विद्यालय हटाउनका लागि उजुरी दर्ता गरेका छन् । विद्यालयमा हुने ध्वनि प्रदूषण, होहल्ला जस्ता कारणले गर्दा अति नै अप्ठ्यारो परेको र स्थानीय सरकारको आदेशलाई नटेर्ने कारण सतर्कता केन्द्रमा उजुरी गर्नुपरेको एक स्थानीयले बताए । सतर्कता केन्द्रमा दर्ता नं. ५६२८-२०८३-०२-१९ यो निवेदन दर्ता गरिएको छ ।

    स्कूललाई विदेशी अनुदानसमेत प्राप्त भएको अभिभावकले गरे खुलासा

    समानता स्कूललाई गोप्यरुपमा अनुदान प्राप्त हुने स्थानीयको दाबी छ । मासिक २५ हजार शुल्क लिएर ५२ जना विशेष प्रकारका विद्यार्थीहरु पढाइने विद्यालयमा लाखौं अनुदान आएका कारण सञ्चालकहरु यो स्कुललाई कामाधेनु गाईका रुपमा लिएका छन् । त्यसो त स्कूलका सञ्चालक यमुना कट्वाललगायतको अर्को जेष्ठ नागरिक आश्रम पनि छ । पछिल्लो समयमा विदेशी र स्वदेशी नै गरी प्रशस्त अनुदान लिनसकिने क्षेत्र नै समाजसेवाका नाममा खोलिएका असाहाय र अशक्त नागरिकाका लागि काम गरेको भन्दै संस्था दर्ता गर्नु हो ।

    असहाय र गरिवको नाममा अनुदान लिने बाटो

    जेष्ठ नागरिक आश्रम बनाउने भन्दै काठमाडौंको साविक इन्द्रायणी गा.वि.समा संकल्प नेपाल नामक एक गैरसरकारी संस्थालाई २०६७ सालमा माधव नेपाल सरकारको ब्याबिनेटबाट मन्त्रीपरिषद्बाटै निर्णय गरी २० रोपनी जग्गा २० वर्षका लागि लिजमा दिइयो । उक्त एनजीओको प्रमुख हर्ताकर्ता नै राष्ट्रिय महिला आयोगको अध्यक्ष भएका नाताले अख्तियार दुरुपयोग अनुसन्धान आगोमा उजुरी पर्दा पनि कारबाही नै हुन सकेको छैन ।

    उक्त जग्गामा भवन बनाउने नाममा त्यही संकल्प नेपाललाई ६ करोड एक लाख रुपैयाँ महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमार्फत अनुदान  दिइयो । जुन रकम हिनामिना भएको र भवनसमेत नबनेको अवस्थालाई महालेखा परीक्षकको कार्यालयले असुल उपर गराउनसमेत आदेश गरेको थियो ।

    समानता स्कूललाई कहाँ कहाँबाट अनुदान रकम आएको छ ? पारदर्शी रुपमा बाहिर आएको छैन । तथापी अनुदान आउने गरेको एक जना अभिभावकले बताएका छन् ।

    २०८३ जेठ २४ गतेको डायरी एक्सप्रेस साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार