काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टीले कानुनी तथा संस्थागत वैधानिक हैसियत गुमाएको दाबी गर्दै नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्न आह्वान गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै राणाले वर्तमान नेतृत्वको कार्यशैली, निर्णय कार्यान्वयनको कमजोरी र संगठनात्मक व्यवस्थापनमा देखिएको समस्याका कारण पार्टी गम्भीर संकटमा पुगेको निष्कर्ष प्रस्तुत गरेका छन्।
उनका अनुसार एकता महाधिवेशनपछि गठन भएको केन्द्रीय कार्यसमितिको कार्यकाल गत मंसिरमै समाप्त भइसकेको थियो। त्यसपछि महाधिवेशन तयारीका लागि उपाध्यक्ष हेमजंग गुरुङ को संयोजकत्वमा गठित सुझाव समितिले जेठभित्रै महाधिवेशन गर्न सिफारिस गरेको र पछि थपिएको समयसीमा पनि हिजो जेठ १९ गते समाप्त भएसँगै पार्टी वैधानिक प्रक्रियाबाट बाहिरिएको उनको दाबी छ।
राणाले नेतृत्वमाथि आफूलाई लक्षित गरेर गलत प्रचार गरिएको आरोप पनि लगाएका छन्। उनका अनुसार पार्टीभित्र सुझाव दिने अभ्यास भए पनि ती सुझावलाई बेवास्ता गर्ने प्रवृत्ति लामो समयदेखि दोहोरिँदै आएको छ, जसले संगठनात्मक निर्णय कार्यान्वयन कमजोर बनाएको उनको भनाइ छ।
उनले नेतृत्वको कमजोरीकै कारण पछिल्ला निर्वाचन परिणाममा पार्टीको राजनीतिक प्रभाव घटेको, वैचारिक आधार कमजोर बनेको र कार्यकर्तामा निराशा बढेको टिप्पणी गरेका छन्। साथै, आन्तरिक विश्वास संकटका कारण ठूलो संख्यामा कार्यकर्ताले पार्टी परित्याग गरेको र बाँकी संरचना समेत अस्थिर अवस्थामा रहेको उनको दाबी छ।
विज्ञप्तिमा अध्यक्षतर्फ लक्षित हालका आधिकारिक भनाइलाई भ्रम सिर्जना गर्ने प्रयासको रूपमा व्याख्या गर्दै राणाले विभिन्न राष्ट्रवादी समूह, अभियान र व्यक्तिहरूलाई एकीकृत गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्न सामूहिक पहल गर्न आग्रह गरेका छन्।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend