भलाराज गिरी
काठमाडौं । कुनै पनि प्राविधिकहरुसँग प्रशासन चलाउने खुबी र ज्ञान हुनसक्छ तर, प्रशासनिक व्यक्तिले प्राविधिक काम गर्न सक्तैन । त्यसैकारण नेपालका पहिलो चिफ इन्जिनियर वीरेन्द्रकेशरी पोखरेलले राजा महेन्द्रका समयमा एक जनामन्त्रीलाई भनेका थिए ‘म मन्त्री बन्नसक्छु तर, तपाई इन्जीनीयर बन्न सक्नुहुन्न ।’
यही विवादमा पोखरेललाई बर्खास्त गरियो । त्यसपछि उनी राजनीतिमा प्रवेश गरे । साथै स्नातक सिटबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए । नेपाल प्रहरी अस्पतालका प्रमुख एआईजी डा. दिनेशचन्द्र पोखरेल आइजीपी नै बने । उनी पनि चिकित्सक नै थिए ।
पछिल्लो समयमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी अस्पतालको प्रशासनिक हस्तक्षेप गरी आफ्नालाई सरुवा, बढुवा, नियुक्ति र थमौतिमा काखा र अन्यलाई पाखाको नीति लिएका छन् । यो अवस्थाका कारण अधिकांश प्राविधिक चिकित्सकहरु आजित छन् । कतिपय विज्ञ चिकित्सकहरु राजीनामा दिने मुडमा छन् । स्रोतका अनुसार कतिपयलाई सामान्य विषयमा पनि अख्तियार र सतर्कता केन्द्रमा उजुरी हाल्न लगाएर हायलकायल बनाउँदै आएका छन् । आफ्ना कोर समूहका प्राविधिक अधिकृतहरुलाई भने सातखत माफ दिएका छन् ।
यसरी संगठन प्रमुखबाटै आफ्नालाई काखी च्याप्ने र अर्कालाई छि…छि… र दूरदूर गर्ने कार्यले अहिले प्रहरी अस्पतालमा भित्री रुपमा अत्यन्तै उकुस मुकुसको अवस्था रहेको बुझिएको छ । एक जना जुनियर प्राविधिकका अनुसार प्रहरी अस्पताल र प्रादेशिक अस्पतालहरुमा खरिददेखि हरेक विषयमा हस्तक्षेप गर्दै आएका छन् । केन्द्रीय अस्पतालका एआइजीपी डा. सुन्दरप्रसाद ह्योजुले आइजीपी कार्कीको अगाडि कुनै पनि अडान लिन सक्तैनन् । यसरी विज्ञ डाक्टरहरु स्नातकमात्रै अध्ययन गरेका आइजीपीसँग डराएर सत्यतथ्य राख्न नसक्दा अस्पतालमा विज्ञ चिकित्सकहरुले संगठनमा आफ्नो भविष्यप्रति नै प्रश्न उठाएको बुझिएको छ ।
अहिले कार्कीले आफ्ना गुटका कोर समूह बलियो बनाएका छन् । उनका हर्ताकर्ता डीआइजीपी सञ्जयबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठ डाइरेक्टरको प्रतिस्पर्धामा पछि परेपछि आइजी दानबहादुर कार्कीकै सहयोगमा प्रहरी ऐन र नियमावली संशोधन गरी एआईजीपी बन्ने दौडमा लागिरहेको बुझिएको छ । यसमा आइजीपी कार्की आफूनिकटका डाक्टरहरुलाई लाभ दिलाउन ज्यान छाडेर लागेका छन् ।
आइजीपी कार्कीका कोर टीमका अन्य दुई पात्रहरु डीआइजीपी डा. दामोदर पौडेल र मनोजकुमार यादव छन् । अस्पतालको हरेक विषयमा यिनको दवाव र प्रभाव रहँदै आएको लामो समय भइसकेको छ । डीआइजी डा. यादवले पीजी कोर्समा मेरिटमा नाम ननिस्किएपछि शक्तिको दुरुपयोग गरेर कोटा बढाएर योग्य नहुँदा नहुँदै पनि एक बर्षे तालिम कोर्समा One year Fellowship Traning मा CMS पढ्न गएका थिए । यी दुबैजना चिकित्सकहरु दिनभर प्रहरी मुख्यालयमा जाने र आफूभन्दा सिनियर अधिकृतहरुको चाकरी गर्नमा व्यस्त देखिन्छन् ।
त्यसैगरी डीआइजी डा. दामोदर पौडेलले आफ्ना गुटका अस्पताल इन्चार्जहरुलाई लाभका कार्यक्रमहरु स्वीकृत गर्दै आएका छन् । आइजीपी कार्कीका निकट मानिएका डा पौडेलले क्लोनोस्कपी गरेपछि गाह्रो भएर अस्पतालमै एक जना बिरामीको मृत्यु भयो । तर, त्यो विषयमा पनि आइजीपी कार्कीकै समूहका भएका कारण सामसुम पारिएको बताइन्छ ।
आइजीपी कार्कीका अर्का प्रियपात्र हुन् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) केदार खड्गी । उनी शिक्षण अस्पताल महाराजगञ्जबाट रेडियोलोजीमा पोष्ट ग्राजुएट गर्ने समयमा एकदमै कमजोर कार्यसम्पादनका कारण र अनुशासनहीनताका कारण तीन वर्षमा सकिनुपर्ने पढाई चार वर्ष नै पुगेको थियो । उनलाई पास गराउनका लागि धेरै जनासँग भनसुन नै गर्नु परेको थियो ।
आईजीपी कार्कीकै गुटमा रहेका कारण भनसुन सम्भव भएको थियो । खड्गीले अस्पतालमा सिटी स्क्यान मेसिन ९ महिनादेखि विग्रिएर थन्किएपछि खरिद गर्नका लागि कसलाई टेण्डर पार्ने भन्ने विषयमा समेत गैरकानूनी अभ्यास गरेको विषय बाहिर आएको थियो । उक्त सेटिङका कारण उनी भन्दा सिनियर प्रहरी बरिष्ठ उपरीक्षक डा. दीपा न्हुच्छे प्रधान नेपालगञ्जबाट फर्किसक्दा पनि एआइजी डा. सुन्दर ह्याजुलाई प्रहरी मुख्यालयबाट दबाब दिन लगाएर रेडियोलोजी प्रमुखका रुपमा चलाउँदै आएका थिए ।
यसअघि डा. दामोदर पौडेल र डा. मनोज यादवलाई बढुवा गराउनकै लागि उनीहरु भन्दा धेरै बरिष्ठ डा. दीपक श्रेष्ठ र सुभाष श्रेष्ठलाई ७० दिनसम्म सीट खाली राखी बढुवा गरिएको थिएन । यसमा तत्कालीन आइजीपी बसन्त कुँवरले प्रतिशोध साँधेका थिए । उक्त समयमा डा.द्वय यादव र पौडेल आइजी कुँवरका विश्वासपात्र मानिन्थे । अस्पतालका प्रमुख तथा एआइजीपी ह्योजुले अडान लिन नसक्दा आइजी कार्कीनिकट मानिएका डीआइजी, एसएसपी समेत चेन अफ कमाण्डमा नरहेको बुझिएको छ । अस्पतालका हरेक विषयमा आइजीपी कार्की हावी हुँदै आएका छन् । यसरी पनि चल्ने रहेछ भन्दै कार्की समूहमा नरहेका अधिकारीहरु तीन छक परेका छन् ।
२०८३ बैशाख २८ गते सोमबारको डायरी एक्सप्रेस साप्ताहिकबाट साभार
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend