काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता दिएपछि गायक रामकृष्ण ढकालको ब्यापक बिरोध भएको छ । भदौ २४ गते युटयुबर भाग्य न्यौपानेले ‘नख्खु जेलमा जाऔं, जेल तोडेर रवि दाइलाई निकालौं’ भन्दै एकोहोरो रुपमा प्रदर्शनकारीलाई उकास्ने र कारागारमा आगजनीको बातावरण बनाएका थिए । गायक ढकालले जेलमा आगजनी भएपछि निस्किएका रवि लामिछानेलाई गाडी आफैं हाँकेर लगेका थिए ।
जेलमा आगो लगाएर प्रदर्शनकारीले लामिछानेलाई कैदमुक्त गरेपछि करिब डेढ घन्टा कुरेर रवि ढकालको सनरुफवाला गाडीबाट हात हल्लाउँदै घर गएका थिए । जुन गाडी आफैंले चलाएको बयान टेलिभिजननमा सगौरब दिएपछि गायक ढकालको सामाजिक संजालमा चर्को बिरोध भएको छ । साथै उनको चलचित्र मालती मंगले पनि बहिस्कार गर्न सामाजिक संजालमा आह्वान गरिएका पोष्टहरु देखिएका छन् ।
आफूलाई सामाजिक संजालमा गालीगलौजको बर्षा भएपछि गायक ढकालले कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् । गायक ढकालले आफ्नो मानहानी हुनेगरी सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै इमेलमार्फत् साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
यो पनि पढ्नुहोस् :
सामाजिक संजालमा सक्रिय दिल निशानी मगरदेखि धेरैले गायक ढकालको अन्तर्वार्तापछि उनको आलोचना गर्दै लेखेका छन् । दिल निशानी लेख्छन्–‘प्रहरीको गाडी जलिरहेको बेला, एम्बुलेन्स हिँड्न डराएको बेला, सैनिकको बख्तरबन्द गाडीलाई समेत गाह्रो परिरहेको बेला र राज्यका प्रमुख संरचनाहरू दनदनी आगोमा जलिरहेको बेला एउटा मामुली गायक रामकृष्ण ढकालको निजी गाडी कसरी सजिलैसँग नक्खु कारागार पुग्यो ?
फ्लिम प्रचारको क्रममा अन्तर्वार्ता दिइरहेका ढकालले जेल ब्रेक भएको संवेदनशील दृश्य हेर्दै बडो गौरवका साथ त्यो गाडीभित्रको ड्राईभर म नै हुँ भनेपछि स्वभाविक रुपमा प्रतिक्रियात्मक आलोचना भएको हो । देशको अरबौंका भौतिक सम्पत्ति जल्दा कुनै चिन्ता नहुने तर आफ्नो फिल्मको एक, दुई करोड लगानी डुब्ने चिन्ताको दरिद्रता बन्द गर ।
रामकृष्ण ढकाललाई फ्लिमको टिकट बेच्ने चिन्ता होला तर यहाँ देशको चिन्ता गर्नेहरु पनि छन् । आफूले राज्यद्रोहसम्मको अपराध गरेर अरुलाई साइबरक्राइमको फरमान जारी गरेको सुहाउँदैन । खास जेलमा हुनुपर्ने मान्छे यिनी हुन्। बिहान उठ्दा बित्तिकै हिमाल देख्न पाइयोस् भन्ने गायकले आफ्नो हैसियतको ख्याल गरुन् ।
गायक ढकालले बैंक वा बित्तीय संस्थाबाट लिएको ऋण तिर्न श्रीमतीसँग नक्कली सम्बन्ध बिच्छेद गरेका कुरा समेत सामाजिक संजालमा छरपष्ट भएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend