Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेवातालमा फसेका पाँच भारतीय नागरिकको सकुशल उद्धार


    बिहिबार, बैशाख २४ २०८३
    215
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकहरुलाई सशस्त्र प्रहरीले बैशाख २४ गते सकुशल उद्धार गरेको छ ।

    उद्धार गरिएकाहरुमा LALITHA KEMBAGI ,YALLESHA , PRAVEENA KALE, BHASKAR YALLESH KALE  / NEELAKANKSHA नाम गरेका भारतीय नागरिक रहेका छन् ।

    फेवातालमा काठको बोटमा सवार उनीहरु फसेको भन्ने खवर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटिएकोे टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार