Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेवातालको चारकिल्लाभित्र डोजर नचलाउन अदालतको अन्तरिम आदेश


    बिहिबार, जेष्ठ १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। उच्च अदालत पोखराले फेवातालको चार किल्लाभित्र डोजर नचलाउन र कुनै निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको छ । आज कायम मुकायम न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासले सिमसारमा डोजर चलाउने कार्यलाई निरन्तर दिनु कानुन विपरित भएको भन्दै अन्तरिम आदेश दिएको हो ।

    आदेशमा पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिले ०७७ फागुन १८ गते बुझाएको प्रतिवेदनको चार किल्ला भित्र कुनै प्रकारको व्यक्तिगत वा संस्थागत कार्य गर्न नदिनु भनेको छ । सोही प्रतिवेदन भित्र पर्ने फेवातालको सिमसार पुर्ने कुनै प्रकारको डोजर चलाउने कार्य हुन नदिन पनि आदेश जारी गरिएको हो ।

    उच्च अदालत पोखरामा अधिवक्ता मनोज घर्तीमगरले परमादेश माग गर्दै बुधबार रिट गर्दा गरेका थिए । रिटमाथि सुनुवाइ गर्न बिहीबारका लागि पेशी तोकिएको थियो । अधिवक्ता मगरले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी, वन तथा वातावरण मन्त्रालय गण्डकी, ताल संरक्षण तथा विकास प्राधिकरण प्रमुख कल्पना देवकोटालाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार