Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निजामती सेवा ऐन अध्यादेशमार्फत् ल्याउने तयारी, आधिकारिक ट्रेड युनियनमात्र रहने, दलनिकट संघ–संगठन खारेज हुने


    सोमबार, चैत्र ३० २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले निजामती सेवा ऐन संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । सो निजामती सेवा विधेयकमा दलैपिच्छे कर्मचारी संघ, संगठन खोल्न पाउने व्यवस्था हटाइएको छ ।

    अबदेखि कर्मचारीहरुको एकमात्र आधिकारिक ट्रेड युनियन रहने ब्यवस्था बिधेयकमा गर्न लागिएको छ ।

    २०४८ सालसम्म पनि कर्मचारीहरुको एकमात्र आधिकारिक ट्रेड युनियन थियो । तर २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको बहुमतको सरकार गठनपछि कर्मचारी आन्दोलन भयो । जुन आन्दोलन आधिकारिक ट्रेड युनियनकै आह्वानमा भएको थियो ।

    आधिकारिक ट्रेड युनियनमा एमालेनिकट कर्मचारीहरुको बर्चस्व रहेको भन्दै तत्कालीन प्रधानमन्त्री कोइरालाले कांग्रेसनिकट अर्को संगठन खोलेपछि दलनिकट ट्रेड युनियन खोल्ने होडबाजी सुरु भएको थियो । त्यसपछि हरेक दलहरुले ट्रेड युनियन खोल्ने क्रम बढ्दै गयो । सवारीचालक, अधिकृतदेखि करारका कर्मचारीहरुका पनि अलग अलग संगठन खोलिएका छन् ।

    भाडा नतिर्ने संघ संस्था र ब्यवसायीहरुको सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार