काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्चशिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले प्रवेश परीक्षा तयारी(इन्ट्रान्स प्रिपेरेसन) कक्षा एवम् ब्रिजकोर्षका नामका कार्यक्रमहरू सञ्चालन गर्न रोक लगाएको छ ।
सरकारको शासकीय सुधारसम्बन्धी १ सय कार्यसूचीमा परीक्षा तयारी कक्षा र ब्रिजकोर्ष कार्यक्रम संचालनमा रोक लगाउने उल्लेख थियो । त्यही प्रतिबद्धता अनुसार शिक्षा मन्त्रालयले आइतबार त्यस्ता कार्यक्रम संचालनमा रोक लगाएको हो ।
यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिएकाले रोक लगाएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ–प्रवेश परीक्षा तयारी(इन्ट्रान्स प्रिपेरेसन) कक्षा एवम् ब्रिजकोर्षका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्णरूपमा बन्द गर्न यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट मिति २०८२ चैत १३ गते निर्णय भएकाले सोही अनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा यो निर्देशन गरिएको छ ।
साथै, यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिन्छ ।
प्रवेश परीक्षा तयारी(इन्ट्रान्स प्रिपेरेसन) कक्षा एवम् ब्रिजकोर्षका नाममा विद्यार्थीसँग चर्को शुल्क असुली हुने गरेको छ । जुन शुल्क तिर्न बिपन्न बिद्यार्थीले नसक्ने र पहुँचवालाहरुले मात्र सक्छन् ।
यस्तो छ शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend