काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्चशिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले प्रवेश परीक्षा तयारी(इन्ट्रान्स प्रिपेरेसन) कक्षा एवम् ब्रिजकोर्षका नामका कार्यक्रमहरू सञ्चालन गर्न रोक लगाएको छ ।
सरकारको शासकीय सुधारसम्बन्धी १ सय कार्यसूचीमा परीक्षा तयारी कक्षा र ब्रिजकोर्ष कार्यक्रम संचालनमा रोक लगाउने उल्लेख थियो । त्यही प्रतिबद्धता अनुसार शिक्षा मन्त्रालयले आइतबार त्यस्ता कार्यक्रम संचालनमा रोक लगाएको हो ।
यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिएकाले रोक लगाएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ–प्रवेश परीक्षा तयारी(इन्ट्रान्स प्रिपेरेसन) कक्षा एवम् ब्रिजकोर्षका नाममा विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरू आगामी २०८३ साल वैशाख १ गतेदेखि पूर्णरूपमा बन्द गर्न यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट मिति २०८२ चैत १३ गते निर्णय भएकाले सोही अनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा यो निर्देशन गरिएको छ ।
साथै, यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिन्छ ।
प्रवेश परीक्षा तयारी(इन्ट्रान्स प्रिपेरेसन) कक्षा एवम् ब्रिजकोर्षका नाममा विद्यार्थीसँग चर्को शुल्क असुली हुने गरेको छ । जुन शुल्क तिर्न बिपन्न बिद्यार्थीले नसक्ने र पहुँचवालाहरुले मात्र सक्छन् ।
यस्तो छ शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend