काठमाडौं । जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते होटल ह्यातको प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टरबाट करिब १४ करोड रुपैयाँ लुट्ने मुख्य नाइके कुले भनिने कुलबहादुर लामा र कोरियन उपनाम भएका राकेश लामा काठमाडौं प्रहरीले पक्राउ गरेको २ दिनमै छुटेका छन् । प्राइड क्यासिनो लुटपाट गर्ने कुलबहादुर र राकेश लामालाई काठमाडौं प्रहरीले २०८२ फागुन ३० गते बौद्धबाट पक्राउ गरेको थियो ।
पक्राउ परेको भोलिपल्टै उनीहरु जनही ५ लाख धरौटी बुझाएर छुटेका छन् । क्यासिनो प्राइड लुटपाट गर्ने ४२ बर्षीय दावा सेट्टी, २९ बर्षीय रञ्जित खड्गी ‘रणे’ र दोर्जे शेर्पा पुर्पक्षमा थुनामा गएका छन् । तर, ८ जना पक्राउ परेपछि कुले र कोरियन भाग्न सफल भएका थिए ।
यो पनि पढ्नुहोस्
दावा, खड्गी र शेर्पा पक्राउपछि उनीहरुलाई भने काठमाडौं परिसरका घुमुवा इन्स्पेक्टर वाङ्गेल लामा र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीएसपी राजन लामाको सेटिङमा भगाइएको आरोप छ । कुले र कोरियनलाई फरारमा राखी मुद्दा दर्ता गरिएको थियो । यदि त्यतिबेलै पक्राउ गरिएको भए उनीहरु पनि पुर्पक्षमै जान्थे ।
फरारमा राखी मुद्दा चलाइएका कुले र कोरियनलाई वाङ्गेल र राजनकै सेटिङमा ल्याएर अदालतमा पेश गरी धरौटीमा छोड्ने वातावरण मिलाइएको स्रोत बताउँछ । मुख्य पैसा लुट्ने नाइके धरौटीमा छुटेपछि कतिसम्म चलखेल भयो अनुमान गर्न सकिन्छ ।
क्यासिनो लुटपाट गर्ने कुलबहादुर र राकेशलाई अदालतले छाडे पनि प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समात्न सक्थ्यो, सार्वजनिक अपराधमा सम्म त सक्थ्यो । तर सेटिङमा ल्याएकैले उनीहरुले उन्मुक्ति पाएका छन् ।
कुलबहादुरका बिरुद्ध ५ र राकेशका बिरुद्ध यसअघि नै ७ वटा मुद्दा छन् । हयात क्यासिनोमा आगजनी गरी डकैती गर्ने कुलबहादुर, राकेश लामा, दावाहरुले २७ लाख रुपैयाँमात्र लगेको, ९ जनाले ३ लाखका दरले मात्र बाँडेको बयान दिएको स्रोत बताउँछ । तर, उनीहरुले ९ जनाले प्रतिब्यक्ति ६० लाख रुपैयाँभन्दा बढी बाँडेको स्रोतको दाबी छ ।
प्रहरीले चैत ३ गते बुढानीलकन्ठको लेमन ट्री होटलको गडुल क्यासिनो र ताहाचलको सोल्टी होटलमा रहेको माजोङ क्यासिनोमा छापा हानी अबैध रुपमा जुवा खेलिरहेका १४ जना नेपालीलाई नियन्त्रणमा लियो । १ लाख ९० हजार रुपैयाँ बरामद गरेको प्रहरीले ती १४ जनालाई ५ दिन म्यादथप गरी अर्को थप म्यादथप आज गरेको छ । तर, प्राइड क्यासिनोको १४ करोड लुटपाट गर्नेलाई भने सेटिङमा अदालतमा पेश गरी धरौटीमा छोड्ने वातावरण बनाएको छ ।
काठमाडौं परिसरका प्रवक्ता एसपी पवन भट्टराईले कुलबहादुर लामा र राकेश लामा चार पाँच दिनअघि ५–५ लाख धरौटीमा छुटेको प्रतिक्रिया दिए । उनले भने–अनुसन्धान पहिल्यै सकिएको, फरार रहेका उनीहरुलाई पक्राउ परेको भोलिपल्टै अदालतम पेश गरिएको थियो । पेश गरेकै दिन उनीहरु जनही ५ लाख रुपैयाँ धरौटीमा छुटे ।’
क्यासिनोमा छापाः नेपाली जुवाडे पक्राउ, मालिकलाई उन्मुक्ति
जिल्ला प्रहरी परिसर काठमााडौंले बुढानीलकण्ठकोे ‘लेमन ट्री होटलभित्र सञ्चालित गडुल क्यासिनो र काठमाडौंको ताहाचलस्थित माजोङ क्यासिनोमा चैत ३ गते छापामारी क्यासिनोमा अवैध रूपमा जुवातास खेलिरहेका १४ जनालाई प्रहरीले पक्राउ गरी ५ दिन म्यादथप गर्यो । उक्त म्याद पनि सकिएपछि शुक्रबार पुनः म्यादथप गर्ने भएको छ । प्रहरीले दुवै क्यासिनोमा जुवा खेल्ने १४ जनासँग जम्मा १ लाख ९० हजार बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

जुवा खेल्नेलाई पक्राउ गरेको प्रहरीले खेलाउन क्यासिनोका संचालकलाई भने पक्राउ गरेको छैन । जबकि कानुनबिपरीत नेपालीलाई जुवा खेलाउनेलाई पनि पक्राउ गर्नुपर्ने क्यासिनो नियमावलीमा ब्यवस्था छ । तर जुवा खेल्नेलाई जम्मा १ लाख ९० हजारमा पक्राउ गरी म्यादथप गर्र्दै आएको प्रहरीले क्यासिनो माजोङका अध्यक्ष विनोद श्रेष्ठ र गडुलका संचालक अनिश शर्मालाई भने पक्राउ नगरी उन्मुक्ति दिएको छ ।
मालिकलाई पक्राउ नगरी १४ जना पक्राउ परेको र उनीहरुबाट एकाध लाख नगद बरामद गरेको देखाएर काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश थापाले क्यासिनोबाट दस्तुरी उठाउन सुरु गरेको आरोप छ ।
जेनजी आन्दोलनको भावनाअनुसार नेपाली नागरिकले भारी बहुमत दिएर सरकार बन्न लागेको पूर्वसन्ध्यामा काठमाडौं प्रहरीले क्यासिनोहरुमा छापा मार्दै तर्साएर दस्तुरी उठाउन सुरु गरेको आरोप छ । लेमन ट्रीको गडुल क्यासिनोका संचालक अनिश शर्माले नै नेपालीलाई कानुनबिपरीत जुवा खेलाएको भए पनि उनी पक्राउ परेका छैनन् । उनले केही जुवा अखडा चलाउने नाइकेहरूसँग मिलेमतो गरी नेपालीलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाउने व्यवस्था मिलाउँदै आएको आरोप छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend