Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एन्फा नेतृत्वलाई १९ वटा क्लवको ध्यानाकर्षण, माग पूरा गर्न नसके मार्गप्रशस्त गर्न आग्रह


    मंगलबार, फाल्गुन २६ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटवल संघ(एन्फा)को नेतृत्वले क्लबहरूसँग बारम्बार सहमति र सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने कार्यशैलीप्रति क्लवहरुले घोर आपत्ति जनाउदै पुनः एक पटक बिभिन्न माग अविलम्ब पूरा गर्न ध्यानाकर्षण गराएका छन् । सहिद स्मारक लिग खेल्ने १९ वटा क्लबहरुले मंगलबार एन्फा नेतृत्वलाई ७ सूत्रीय मागपत्र पेश गरेका हु्न् ।

    नेपाली फुटबलको विकासका दीर्घकालीन हितका लागि आफूहरुले पेश गरेको माग तत्काल सम्बोधन गर्न १९ वटा क्लवले माग गरेका छन् । तीन बर्षदेखि सम्बोधन गर्न नसकेका मागहरु तत्काल कोसिस गर्ने अन्यथा नेपाली फुटबलको हितका लागि मार्गप्रशस्त गर्न पनि क्लवले एन्फा नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् । क्लवहरुले एन्फालाई बुझाएको मागपत्रको बोधार्थ राष्ट्रिय खेलखुद परिषद, त्रिपुरेश्वर र युवा तथा खेलखुद मन्त्रालयमा पनि दिएका छन् ।

    शहीद स्मारक लिग खेल्ने १९ वटा क्लवले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ–‘नेपालको लोकप्रिय खेल फुटबललाई थप लोकप्रिय बनाउन र यसलाई अझ व्यवस्थित तथा व्यावसायिक रुपमा स्थापित गरी क्लब तथा खेलाडीहरुको भविष्य सुनिश्चित पार्न क्लवहरुको अहम भूमिका रहेको छ र भविष्यमा अझै राम्रो गर्न लागि परिरहेको छ । फुटबल खेल दिनानुदिन खस्किदै जानुमा वर्तमान एन्फा नेतृत्वको अदूरदर्शी सोच र गैरजिम्मेवारपन हावी रहेको छ । नेपाली फुटबल खेललाई सुव्यस्थित बनाउन नसक्नु, नियमनकारी सघंले योजना बनाउन नसक्नु लगानि गर्ने वातावरण सृजना गर्न नसक्नु नेतृत्वको कमजोरी हो भन्ने हाम्रो ठम्याइ छ ।

    यसै सम्बन्धमा अखिल नेपाल फुटबल संघलाई सहिद स्मारक लिग खेल्ने क्लबहरुल २०८२ असोज २५ मा बुझाएको सुझावपत्र तथा सोही बमोजिम एन्फा र क्लबहरुबीच मिति २०८२ कात्तिक १७ गते सहिद स्मारक लिग फुटबल प्रतियोगिताबारे भएको सम्झौता कार्यान्वयन नभएकोमा हामी सहिद स्मारक लिंग खेल्ने क्लबहरुको गम्भीर ध्यानाकर्षण भएको छ । क्लबहरूसँग बारम्बार सहमति र सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने एन्फाको कार्यशैलीप्रति हामी क्लवहरु घोर आपत्ति जनाउँदै पुन एक पटक निम्न लिखित माग अविलम्ब पुरा गर्न अनुरोध गर्दछौं :

    १. क्लबसँगको सम्झौता (होम एण्ड अवे का आधारमा लिग संचालन गर्ने लगायत) अबिलम्ब कार्यान्वयन गर्ने ।

    २. २०८१ चैत ११ र १२ गतेको कार्यसमिति तथा मिति २०८२ बैशाख २६ मा धुलिखेलमा सम्पन्न एन्फा कंग्रेसले एन्फा निर्वाचन सम्बन्धी गरेको निर्णय कार्यान्वयन गर्ने ।

    ३. एन्फा विधानमै नभएको एन्फा अर्ली इलेक्सन प्रावधान खारेज गरी तहगत निर्वाचन (फ्रेस म्यान्डेट)गरी प्रजातान्त्रिक अभ्यासलाई कायम राख्दै एफसी र फिफाको

    सहकार्यमा पारित भएको निर्वाचन निर्देशिका अनुसार तहगत निर्वाचनको तालिका प्रकाशित गरी एन्फा निर्वाचन गर्ने ।

    ४. राष्ट्रिय खेलकुद परिषदको २०८२ पुस २२ र २०८२ फागुन २५ मा दिएका निर्देशनहरु पालना गर्ने

    ५. खेलाडी संघसँग भएका सम्झौता अविलम्ब पूरा गर्ने ।

    ६. ए, बी र सी डिभिजन लिग क्लबहरुसँग बसी व्यापक छलफलमा गरी बार्षिक क्यालेन्डर बनाएर नियमित रुपमा लिग र प्रतियोगिताहरु संचालन गर्ने ।

    ७. ए एफ सी क्लव लाइसेन्सिङ पद्धति लागू गरी व्यवसायिक फुटबल खेलको कार्यान्वयन गर्नुका साथै अन्तर्रास्ट्रिय मापदण्ड अनुसार खेलहरु खेलाउने वातावरण निर्माण गर्ने ।

    अन्त्यमा नेपाली फुटबलको विकासका दीर्घकालीन हितका लागि माथि उल्लेखित बुँदाहरुको संबोधन हुनु अपरिहार्य छ । उक्त बुँदाहरुलाई वर्तमान नेतृत्वले तत्काल सम्बोधन गरोस्, विगत तीन बर्षदेखि गर्न नसकेकोमा तत्काल कोसिस गर्ने अन्यथा नेपाली फुटबलको हितका लागि मार्गप्रशस्त गर्न जाडदार माग गर्दछौं ।’

    एन्फालाई मागपत्र बुझाउने क्लवहरुमा हिमालयन शेर्पा क्लव, सातदोबाटो युथ क्लव, आरसीटी क्लव, मध्यपुर युथ एशोसिएसन, ब्वाइज युनियन क्लव, बीरगंज युनाइेटड, सरस्वती युवा क्लव, ब्रिगेड ब्वाइज क्लव, फ्रेन्डस क्लव, बागमती युवा क्वल, एनआरटी एफसी, सीवाईसी, मनाङ मस्र्याङ्दी क्लव, टुसाल युथ क्लव, मछिन्द्र क्लव, आरसी ३२ फुटवल एकेडेमी, थ्री स्टार क्लव र नयाँबस्ती युवाक्लव छन् ।

    एन्फाले बुझाएको मागपत्र :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार