काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईँलाई पक्राउ गर्नुपर्ने कारण न्यायालयमा पेश गर्न आदेश दिएको छ।
भक्तपुरस्थित निवासबाट सुरक्षा कर्ताहरूले उनलाई पक्राउ गरेपछि, अधिवक्ता सुरेश बोहराले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाई रिट दायर गरेका थिए।
गत आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिनको हिरासतमा राखेर अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको थियो। यसअघि प्रसाईँले विद्युतीय अपराध मुद्दा खेपेर माघ २५ मा हाजिर जमानीमा रिहा भएका थिए। तर, फागुन ४ मा उनी पुनः पक्राउ परेका थिए।
पक्राउको पछिल्लो कारण प्रहरीले निर्वाचन प्रक्रियामा अवरोध सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आशंका जनाएको थियो। सर्वोच्च अदालतका न्यायाधीशहरू मनोजकुमार शर्मा र मेघराज पोखरेल को संयुक्त आदेशले फागुन १३ मा उनलाई रिहा गरेको थियो।
प्रशासन र अदालतबीचको यस्तो क्रमले चुनावी गतिविधिमा भूमिका खेल्ने आशंका भएका व्यक्तिहरूको नियन्त्रण र रिहाइबीचको संवेदनशीलता झल्काएको छ।
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। बुधबार बसेको...
काठमाडौँ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend